Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अर्को महाभियोगको तैयारी सुरु भयो

१८ सोमबार , बैशाख २०७४७ बर्ष अगाडि

    काठमाडौं । वैशाख १७ गते । यी हुन् बरिष्ठताका आधारमा कामु प्रधानन्यायाधीश बनेका गोपालप्रसाद पराजुली । प्रन्या सुशीला कार्की महाभियोगका कारण स्वत: निलम्बनमा परेपछि रातारात प्रधानन्यायाधीश बनेका गोपाल आधारातमै प्रधानन्यायाधीशको कुर्सीमा बहाली गर्न पुगेका थिए ।
    एसएलसी पास नगरेको, उमेर सच्याएको र नागरिकता र प्रमाणपत्रहरु नै न्याय परिषदको वेभसाइटबाट हटाएर बिबादमा परेका यी न्यायाधीश गोपालप्रसाद 
पराजुली अहिले पनि विवादमा छन् । न्यायपालिकाको इतिहासमै सबैभन्दा घृणित कार्य भनेर कानुनचीहरुले आलोचना गरेको र राजनीतिक र सामाजिक क्षेत्रबाटसमेत व्यापक विरोध भएको सुशीला कार्की विरुद्धको महाभियोगका कारणले यी कार्यवाहक बनेका गोपालप्रसाद पराजुलीको विरुद्धमा पनि महाभियोग लगाउने तैयारी सुरु भएको राजनीतिभित्रको राजनीति बुझ्नेहरुले बताएका छन् ।
    प्रधानन्यायाधीशविरुद्ध अर्को महाभियोग आयो भने आश्चर्य नमाने हुन्छ । किनभने ठूला दलको तुष्टिका लागि न्यायपालिकालाई कार्यपालिकाको ‘हस् बहादुर’ बनाउन खोजेका कारण शक्ति पृथकीकरणको सिद्धान्तको रक्षा गर्न र भाँडभैलो रोक्नसमेत अर्को महाभियोग ल्याउने तैयारी सुरु भएको खबर छ ।