Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजदूतलाई सघाउन श्यामशरन आए

११ सोमबार , बैशाख २०७४८ बर्ष अगाडि

काठमाडौं । मधेसी मोर्चाले राखेका घातक प्रस्तावहरुलाई पास गराउन राजदूतको मात्र बलले पुग्दैन भन्ने ठानेर दिल्लीले पूर्व राजदूत श्यामशरनलाई विशेष दूतका रुपमा काठमाडौं मुकाम पठाएको छ ।
मधेसी मोर्चा र सत्तारुढ दलहरुवीच निर्वाचन दुई चरणमा गर्ने कुरो मिलेपछि २०७२ असोज ३ गते संविधान जारी गर्दा भारतको कुरा नमान्नेहरुलाई यही संशोधनमार्फत मनाउन विशेष दूत आएका हुन् । त्यतिबेला भारतले केही दिन संविधान जारी नगर्न भनेर विदेश सचिव नै नेपाल पठाएको थियो, तर फास्ट ट्य्राकबाट संविधान जारी गरेपछि भारत यसरी रिसायो कि रिसको झोक नाकावन्दीसम्म पर्‍यो र सदैव सहयोग गर्ने भारतले स्थानीय निर्वाचनमा लजिस्टिक सहयोग गर्छु गर्दिन केही पनि नभनेर मधेसी मोर्चालाई आन्दोलनमा समेत उतार्‍यो, जसका कारण चुनाव अझै अन्यौलमा छ ।
भारतले राजदूतमाथि विशेष दूत त्यसै पठाएको होइन । यसको अर्थ छ र नेपाल गम्भीर मोडमा देखिन्छ । नेपालमा राजनीतिक घटनाक्रमले यूटर्न लिन लागेको बेलामा भारतको गह्रुगो उपस्थिति हुनु भनेको नेपालको सार्वभौमसत्तामाथि ठूलै हमलाको संकेत पनि हो । तर राजनीतिक दलहरु निस्फिक्री चुनाव चुनाव भनिरहेका छन्, चुनाव हुनुपर्छ, राष्ट्रियताको मूल्य गुमाएर होइन ।
भारतका पूर्व विदेशसचिवसमेत रहेका श्यामशरनलाई बाहिर पर्खाएर पूर्वराजाले हेपेकोमा भारतले ठूलै लफडा झिकेको थियो र अन्तत: भारतले राजतन्त्र नै निर्मूल पार्नेसम्मको कारवाही गर्‍यो । यो थाहा पाएका राजनीतिक दलका नेताहरु धमाधम श्यामशरनको शरणमा परिरहेका छन् र क्या करें ? भनेर आदेश लिन पर्खिरहेको मनस्थितिमा देखिएका छन् ।
श्यामशरन र कांग्रेसका सभापतिवीच विशेष सम्बन्ध रहेको छ । पहिलो चरणको निर्वाचनपछि राजीनामा दिन्छु भनिसकेका प्रधानमन्त्री दाहाल जसरी पनि संविधान संशोधन गरेर निर्वाचन सम्भव गराउने खेलमा छन् । निर्वाचनमा जानका लागि पहिले बजेटको व्यवस्थासमेत मिलाउँदै गरेको सार्वजनिक भइसक्यो ।
जेहोस्, संविधान संशोधन सम्भव बनाउन भारत यसरी ज्यान फालेर लाग्नु भनेको दालमे कुछ काला है । यसकारण सबैले संशोधनमा विशेष ध्यान दिन जरुरी देखिन्छ । अन्यथा भुइँको टिप्दा हातमा भएको पनि खस्न सक्छ भन्छन् विश्लेषकहरु ।