काठमाडौं । भारत भ्रमणको क्रममा राज्यमन्त्रीले स्वागत गरेपछि भ्रमण छोट्याएर फर्कने कुरा चलिसकेपछि भारतले हतार हतार उच्चसम्मान गरेर नेपाललाई हेपेको होइन भन्ने संकेत दियो । ५ दिने भ्रमणको क्रममा धार्मिक क्षेत्र पुरी पुगेकी राष्ट्रपति विद्या भण्डारीले कस्तुरीको विना चढाउने बचन दिन पनि भ्याइन् । तर, राष्ट्रपतिका टोलीका सहायक, सल्लाहकार, सवारीमन्त्री कसैले पनि यो सल्लाह दिएनन् कि कस्तुरी दुर्लभ वन्यजन्तु हो र यसको सिकार गर्न पाइन्न । अन्तर्राष्ट्रिय साइटिस सन्धिले पनि वन्यजन्तुको विनासमा कडा प्रतिवन्ध लगाएको छ ।
यो स्थितिमा राष्ट्रपतिले कस्तुरीको बिना पुरीका मन्दिरमा कसरी चढाउँछिन् ? नपठाउँदा नेपालका राष्ट्रपति झूठो बोलेको पर्ने, पठाउन दुर्लभ जन्तुको विनासको अन्तर्राष्ट्रिय अवगाल सहनुपर्ने ? स्वयं राष्ट्रपतिले कानुन कसरी तोड्ने ? हेर फसाद ।