Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चुनाव बिथगोल्न मधेसीको आमहड्ताल

०४ सोमबार , बैशाख २०७४८ बर्ष अगाडि

काठमाडौं । मधेसी मोर्चा र संघीय गठबन्धनले एउटै श्वरमा वैशाख १५ गते मधेस, थरुहठ र लिम्बुवान र १६ गते नेपाल वन्द तथा वैशाख २७ गतेबाट अनिश्चितकालीन आमहड्ताल घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा राज्यको विशेष संरचना/तहको मान्यता नदिनु, तिनिहरूको क्षेत्राधिकारको अनुसूची संविधानमा नराख्नु, स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण नै नगरी स्थानीय तहको चुनाव घोषणा गर्नु गलत हो, गलत तरिकाले हुन लागेको चुनाव विथोलिन्छ भनेपछि स्थानीय तहको निर्वाचन झन अन्यौलमा परेको छ ।
नेताहरुले मोर्चासँग पटक पटक गरेको ११ बुँदे र २६ बुँदे सम्झौता अक्षरस कार्यान्वयन गर्न आग्रह गर्दै दोश्रो संविधान संशोधन विधेयक मधेस विरोधी हो भन्ने ठोकुवासमेत गरे । उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र, राजकिशोर, शरदसिंह, सर्वेन्द्रनाथ शुक्लाहरुले  हाम्रा माग पूरा हुन्न भने चुनाव विथोल्ने सबैखाले आन्दोलन गर्ने बताए ।