Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेतालाई मस्ती : हेर न मुसहर बस्ती

२१ सोमबार , चैत्र २०७३८ बर्ष अगाडि

    काठमाडौं । महोत्तरी बर्दिवासको मुसहर बस्ती निर्माणमा जुटेका धुर्मुस सुन्तलीले नयाँवर्षको सुरु दिनमै बस्ती हस्तान्तरण गर्ने भएका छन् । मुसहरहरु भन्छन्– यिनले त हाम्रो जीवन नै फेरिदिने भए, मन जिते ।
    भूकम्प गएको २ वर्ष हुनलाग्दासमेत सरकार र सरकारले गठन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भ्रष्टाचारको अखडामात्र बन्या । तर चन्दा उठाएर धुर्मुस सुन्तली कलाकारले गिरानचोकपछि मुसहर बस्ती नै बनाइसके । अझै सरकार लज्जाबोध गर्दैगर्दैन । व्यक्तिले यति धेरै काम गर्न सक्छन्, सरकार किन सक्दैन ?
    झुग्गी झोपडीलाई नमूना बस्ती बनाउन सकिन्छ, लोकतन्त्र हाँक्ने नेताहरुले यस्तो परिवर्तन गर्ने सोच र इच्छाशक्ति कहिले देखाउलान् ?
    धुर्मुस सुन्तली (सीताराम कट्टेल, अञ्जना) हास्य कलाकार हुन् । तिनले काम गरेर सरकारको जगहँसाइ गरिदिएका छन् । जीवनभर झुग्गी झोपडीमा बस्ने बर्दिवासका मुसहर भन्छन्– अव हाम्रा सुख दिन आए । एउटा बास पाउने आशमा यसरी दङ्ग पर्ने सोझा नेपालीहरु छन्, तिनको खुशी बन्न सरकारले सकेन ।
 गत पुस २५ गते सुरु गरिएको ५० घर नयाँवर्षमा हस्तान्तरण हुनेछ । मुसहर बस्तीमा सामाजिक चेतना बढ्दैछ, तिनका बालबच्च स्कूल जान थालेका छन् । नागरिक अधिकार र कर्तव्य प्रति चासो बढेको छ ।