Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कांग्रेसलाई सत्ता छाड्छु

२१ सोमबार , चैत्र २०७३८ बर्ष अगाडि

चैत २०, देउवा खुश हुने खबर आयो । प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई प्रचण्डले कुर्सी छाड्दैनन् कि भन्ने आशंका नगर्न आग्रह गरेका छन् । प्रचण्डका अनुसार स्थानीय तहको चुनाव माओवादीको नेत्वमा सम्पन्न गर्ने र प्रदेश र केन्ऽको चुनाव कााग्रेसको नेतृत्वमा सम्पन्न गर्ने सहमति भएको हो । बैशाख ३१ गते स्थानीय तहको चुनावको मिति कााग्रेसकै समझदारीमा आएको हो । चुनाव सकिने वित्तिकै एकदिन पनि ढिलो नगरिकन प्रधानमन्त्री पद म शेरबहादुर देउवाजीलाई सुम्पन्छु ।
यसो भनिरहदा एमालेलाई टण्ट गर्न प्रचण्ड पछि परेनन् । उनले मेची महाकाली अभियान हामीले पनि गरेकै हो । मान्छेको उपस्थिति एमालेको भन्दा डबल नै थियो तर नराम्रोसँग चुनाव हारियो । अहिले एमालेलाई लहर चलेको छ भन्ने लागेको होला, चुनावको नतिजामा एमालेलाई झट्का लागेपछि थाहा होला । चुनावका सम्बन्धमा प्रचण्डको भनाई छ– आवश्यकताअनुसार यही गठबन्धन कायम रहन पनि सक्छ । मोहन वैद्य र बाबुरामजीसँग पनि कुरा भइरहेको छ । चुनाव हुन्छ, चुनाव रोकिन्न ।