Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

महासंघको निर्वाचनमा ग्याङ अफ फोर हावी

२१ सोमबार , चैत्र २०७३९ बर्ष अगाडि

    काठमाडौं । २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशन ग्याङ अफ फोरको कब्जामा पुगेको छ । निर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डेलाई ३० वर्ष पुरानो मुद्दा उल्ट्याएर जेल हाल्न सफल भएका भाष्करराज कर्णिकारलाई समेत यो ग्याङ अफ फोरले बसिटिक्न नदिएर किनारा लगाइदिएपछि अध्यक्ष बनेका पशुपति मुरारकाले अनेकन जालझेल गरेर बरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान तैयार गरेर भवानी राणालाई अध्यक्ष घोषणा गर्नमात्र बाँकी राखेका छन् भने  यही ग्याङले बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छालाई जिताउने रणनीति समेत तैयार पारेका छन् । किशोर प्रधानले पनि बरिष्ठ उपाध्यक्षमा उमेदवारी घोषणा त गरेका छन्, शेखर गोल्छाको ढुकुटीका सामु किशोर प्रधानको केही नलाग्ने बताउँछन् महासंघका केही पदाधिकारी र पूर्व एक सचिव ।
    पहिले नेवा:गुठीका रुपमा रहेको महासंघमा विनोद चौधरीजस्ता व्यवसायी टिक्न सकेनन् र सिएनआई गठन गरेर निस्किए । अहिले पशुपति मुरारकाले नेवा: गुठीलाई आफ्नो बसमा पारेर भवनाी राणा, चण्डी ढकाल, सोझा रविभक्त श्रेष्ठलाई समेत आफ्नो पक्षमा उभिन बाध्य पारेर लामो समय महासंघ आफ्नो हालीमुहालीमा राख्ने मारवाडी विद्या चलाएका छन् ।
    यो ५१औं साधारणसभामा पूर्वअध्यक्षहरुले बहिष्कार गर्नुपर्ने, व्यवसायीहरुले बिरोध गर्नुपर्ने र टिकेहरुको मनपर्दी विधान संशोधनलाई नमान्ने आवाज उठाउनु पर्ने स्थितिले साधारणसभामा ठूलै हंगामा हुनेछ भन्छन् केही सक्रिय सदस्यहरु । प्रादेशिक चुनाव र विधान संशोधनको प्रक्रियामै गम्भीर त्रुटीका साथ हुन गइरहेको यो साधारण सभा अनियमित हो भनेर ठोकुवा गर्नेहरु पनि थुप्रै देखिएका छन् । स्थानीय चुनाव, सिमांकन र प्रदेशको चुनाव भइनसकेको स्थितिमा महासंघको साधारणसभा कसरी सम्भव छ ? जतिसुकै प्रश्न उठाए पनि यो ग्याङ अफ फोर टेर्ने, सुन्नेवाला छैन भने म जितिसकें भनेर बरिष्ठ उपाध्यक्षका उमेदवार शेखर गोल्छालेसमेत चुनाव रोकिन्न भनेर प्रश्न गर्नेहरुलाई पैसा र धम्कीले ठिक पार्नथालेका छन् ।
    अहिले साधारणसभा भयो भने बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले जित्ने र त्यसपछि उनै अध्यक्ष बन्ने ढाका खुल्नेछ । यति भएपछि दशकौंसम्म यो अवैध सुपारी निकासी, अदुवा, लसुन निकासी प्रमाणपत्र दिएर कमाउने ग्याङको महासंघभित्र अनियमितताको निरन्तरता जारी नै रहनेछ । नेपाली किसान मार्ने, विदेशबाट आयात गरिएका बस्तुलाई नेपाली भनेर कमाउने यो ग्याङले महासंघको बचेखुचेको अस्तित्वलाई मटियामेट गराउने निश्चित भयो भनेर उद्यमीहरु चिन्ता प्रकट गर्न थालिसकेका छन् ।
    प्रश्न यत्ति छ कि पैसाको बलमा यो ग्याङ अफ फोरको षडयन्त्रपूर्ण संरचनासहितको योजना सफल होला कि नहोला ? यो सधारणसभाले बैधानिकता पायो भने महासंघ भ्रष्टाचार र कमिशनको अखण्डा बन्ने पक्का छ भन्छन् केही कर्मचारीसमेत ।