Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आरोप लाग्यो महिला बेच्ने मन्त्री

२१ सोमबार , चैत्र २०७३९ बर्ष अगाडि

    काठमाडौं । परराष्ट्र मन्त्री प्रकाशशरण महतलाई संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले महिला बेच्ने मन्त्रीको आरोपसहित कारवाही गर्न सिफारिस गरेको छ । सभापति देउवाले महतलाई कतिञ्जेल बोक्लान्, उनको पद धरापमा पर्‍यो ।
    समितिले खाडी मलुकुमा अवैधानिक रुपमा महिला कामदार नपठाउन बारम्बार दिएको निर्देशन अटेर गरेको भन्दै मन्त्री महतलाई बर्खास्त गर्न 
प्रधानमन्त्रीलाई चैत २० गते निर्देशन दिएको छ । मन्त्रीले खाडी मुलुकका दूतावासलाई महिला कामदार रोक्न निर्देशन दिनुको बदला महिला तस्करीमा संलग्न एजेन्टकै हितमा काम गरेको आरोप पनि लगाएको छ । स्मरणीय छ, मेनपावर सम्बद्ध व्यक्ति राजदूतसमेत नियुक्त भएका छन् ।
    समितिले खाडी मुलुकमा महिला असुरक्षित भएकाले पठाउन रोक लगाउन सरकारलाई भनेको छ । घरेलु कामदारसम्बन्धि ठोस कानुन बनेपछिमात्र महिला कामदार पठाउन निर्देश दिएको छ । खाडी मुलुकका दूतावासहरुले समेत घरेलु महिला कामदार असुरक्षित हुने गरेको रिपोर्ट आइसक्दा समेत बेवास्ता गरेर महिला कामदार पठाउन सहयोगी भूमिका खेलेको आरोप संसदीय समितिले मन्त्री डा.प्रकाशशरण महतमाथि लगाएपछि मन्त्री नै महिला बिक्रेता भनेर बदनाम हुनपुगेका छन् ।
    संसदीय समितिले परराष्ट्रमन्त्री महत र सेटिङमा दोषी देखिने कर्मचारीलाई समेत छानबिनपछि कडा कारवाही गर्न निर्देशन दिने निर्णय गरेको छ ।