Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लोकतन्त्रमा हिन्दु सबैको मिलनविन्दु हुनेभो

१४ सोमबार , चैत्र २०७३८ बर्ष अगाडि

    काठमाडौं ।  जनताको माझमा राप्रपा कार्यक्रमको सफलतापछि राप्रपाका जिल्ला तथा जनबर्गीय संगठनहरु निर्वाचनका लागि परिचालित भएका छन् । गाई चिन्ह लिएर पहिलो चरणको कार्यक्रमपछि राप्रपाले सम्पूर्ण शक्ति निर्वाचनमा लगाउन थालेको छ । स्वयं अध्यक्ष कमल थापा राप्रपाका कार्यकर्ताहरुलाई निर्वाचन सफल पार्न हौस्याउँदै छन् र स्थानीय विकास मन्त्रालयसमेतबाट विभिन्न सम्भव योजनाहरु गाउँस्तरसम्म स्वीकृत गर्न थालेका छन् । राप्रपाले स्थानीय निर्वाचनलाई बढी महत्व दिनुको कारण जग बलियो भयो भने प्रदेश र केन्द्रीय संसदको निर्वाचनमा बहुमत ल्याउन सकिने रणनीति लिएर हो ।
    राप्रपा आफ्नै नेतृत्वमा सरकार निर्माण गरेर संविधान संशोधनमार्फत हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र पुनस्र्थापित गर्न चाहन्छ ।
धर्म र राजा किन हटाएको ?
    ७ महिना अघि नेपाल आएर पशुपति दर्शन र पूर्वराजासँगसमेत भलाकुसारी गरेर फर्केका योगी आदित्यनाथ यतिबेला विश्वचर्चामा छन् । उनी भारतको २२ करोड जनसंख्या भएको उत्तर प्रदेशको मुख्य मन्त्री भएपछि योगीको धार्मिक राजनीति चुलिदै गएको देखिन्छ ।
    गोरखपुरको गोरखनाथ पीठ र गोरखा तथा नेपालको राजतन्त्रवीच अन्तरङ्ग सम्बन्ध छ । त्यही सम्बन्धका कारण योगी हिन्दु महासम्मेलनमा सहभागी हुन आएका र त्यो सम्मेलन पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेका थिए ।
    भनिन्छ, यो वनकालीमा आयोजित महाहिन्दु सम्मेलन योगीकै सल्लाहमा आयोजना गरिएको थियो । यो सम्मेलनमा भाजपाका अर्का नेता रघुनन्दन शर्मा पनि आएका थिए ।
    त्यो सम्मेलनस्थलबाटै योगीले अन्तर्वार्ता दिदै भनेका थिए– हिन्दुराष्ट्र र राजतन्त्र किन हटाएको ? हामी नेपालको हिन्दुराष्ट्रको पुनस्र्थापनाको मिसनमा छौं । थाइलेण्डमा राजतन्त्र भएर विकास हुनसक्छ, नेपालमा किन हुनसक्दैन ? हिन्दुराष्ट्र र हिन्दु पहिचान कायम गर्न भारत र भारतवासी लगायत समस्त संसारका हिन्दुहरुको चाहना छ । नेपाल हिन्दु पहिचानको एकमात्र प्रतीक राष्ट्र हो ।
    तत्कालीन राप्रपाले गणतन्त्र स्वीकार गर्‍यो, धर्मनिरपेक्ष मान्यो । ती नेता पशुपतिशमशेर जबरा यतिबेला एकीकृत राप्रपामा छन् र भन्छन्– ‘हिन्दू राष्ट्र र राजसंस्था’ हटाउने निर्णय नसच्याए जे पनि गर्छौं । जे पनि भनेको के ? पशुपति शमशेरले आफ्नो अडानबाट पर्लक्कै पल्टेर हिन्दु र राजतन्त्रको विषयमा गरेको वकालत राप्रपाभित्रै धेरै कार्यकर्तालाई हजम भइरहेको देखिन्न ।