Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कांग्रेसमा हिन्दुराष्ट्रको प्रस्ताव

१४ सोमबार , चैत्र २०७३८ बर्ष अगाडि

    काठमाडौं । मन्त्री अर्जुन नर्सिङ केसी र केन्द्रीय सदस्यहरुको सहीसमेत गराएर खुमबहादुर खड्काले कांग्रेस केन्द्रीय समितिको बैठकमा हिन्दुराष्ट्रको प्रस्ताव दर्ता गराएका छन् । यो प्रस्तावले देउवाको सातोपुत्लो उडेको छ । किनभने छलफलमा नल्याउँदा आफ्नो वर्चस्व समाप्त हुने, ल्याउँदा माओवादी, कांग्रेस सशंकित हुने भएकाले सत्ता हातमा आउने बेलामा के उल्कापात हुनेभो भनेर देउवा तर्सिएको बताइन्छ । गोप्य भेला गरेर पार्टीभित्र हिन्दुराष्ट्रको नीति पास गराउनकै लागि खुमबहादुर समूहले यो प्रस्ताव पार्टीमा छिराएका हुन् ।
    खुमबहादुर खड्का वर्षौंदेखि हिन्दुअभियन्ता बनेका छन् । भारतको उत्तर प्रदेशमा प्रचण्ड बहुमतका साथ योगीको नेतृत्वमा भाजपा सरकार निर्माण भएपछि खड्का झन हौसिएका छन् । योगी आदित्यनाथ तिनै धर्मराजनीति गुरु हुन् जसले गतवर्षमात्र पशुपतिमा लगाइएको पूजामा सरिक भएर राजतन्त्र र हिन्दुराष्ट्र किन फालेको भनेर प्रश्न उठाएका थिए । अन्य हिनदूहरु पनि योगीको शासन आएपछि हर्षित देखिन्छन् । योगी आज पनि नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्ने पक्षमा छन् ।
    खुमबहादुर खड्का समूहमा पूर्णबहादुर खड्का, वनमन्त्री शंकर भण्डारी, देवेन्द्रराज कणेल, अजय चौरसियासमेत हिन्दुराष्ट्रका पक्षमा छन् । देउवाका सहयोगी मानिएका शेखर कोइरालाले त पटक पटक डलर खाएर हिन्दुराष्ट्र बेचेको आरोप लगाइरहेकै छन् । यस्ता अनेक कांग्रेसी नेताहरु हिन्दुवादी छन्, जो हिन्दुराष्ट्र हुनुपर्छ भन्छन् । स्वयं महामन्त्री सशांक पनि हिन्दुवादी हुन् ।
    खुमबहादुर खड्काकै बलमा अधिवेशनमा जितेर पार्टी सभापति बनेका देउवाले खड्कालाई किनरा लगाउन खोजेका छन् तर खड्काको शक्ति हिन्दुवाद र वीपीवाद बोकेका कारण झन झन बढेको देखिदैछ ।