Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जाग्यो हिन्दुत्व

०७ सोमबार , चैत्र २०७३८ बर्ष अगाडि

२१ करोड जनसंख्या भएको भारतको उत्तर प्रदेशमा ४६ मन्त्री, ३ करोड जनसंख्या भएको नेपालमा ४३ सदस्यीय मन्त्रिमण्डल । उत्तर प्रदेश एउटा प्रदेश, नेपालमा ७ प्रदेशले पुगेन भनेर ८ को माँग भइरहेछ ।
भारतको उत्तर प्रदेश नेपालसँग जोडिएको प्रदेश हो । त्यसैले र नेपालमा हिन्दु जनसंख्या बढी भएकाले पनि उत्तर प्रदेशको राजनीतिले नेपालमा तरङ्ग ल्याउने गर्छ । त्यसमाथि नेपाली नेताहरु त दिल्लीका सामु लम्पसार नै पर्छन् । दिल्लीमा भाजपाको सरकार छ र उत्तर प्रदेशमा भाजपाले प्रचण्ड बहुमतले जितेकोले हिन्दुवादी नेता योगी आदित्यनाथ मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
योगी आदित्यनाथ केही समयअघि पशुपतिमा भएको हिन्दू पूजामा सहभागी हुन आएका थिए र उनी नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भन्ने मान्यता राख्ने पूर्वराजाका प्रशंसक पनि हुन् । त्यसैले नेपालका हिन्दुवादीहरु हौसलामा छन् र यो हौसलाको लाइनमा शरदसिंह भण्डारी, केशर विष्ट, खुमबहादुर खड्का, राप्रपा र अन्य हिन्दूवादी संघ संगठनहरु देखिएका छन् । राप्रपा त्यागेका डा.प्रकाशचन्द्र लोहनी समेत यही मौकामा नयाँ पार्टीको जोहो गर्नतिर कस्सिएको देखिन्छ । तरङ्ग कांग्रेस र एमालेभित्रका हिन्दूवादीहरुमा समेत प्रष्टै देखिन थालेको छ ।
योगीको उदयले काशीदेखि पशुपतिसम्म हिन्दूत्वको जागरण भएकोमा शंका छैन । गोरखनाथका पीठाधीश, खरा हिन्दुवादी, नेपालसँग राम्रो सम्बन्ध भएका र नेपालको पहाड, मधेस सबैतिर राम्रो सम्बन्ध रहेकाले पनि योगीको राजनीतिक शक्तिले नेपालमा हिन्दुत्व जागेको छ ।