राष्ट्रिय जन मोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले कञ्चनपुरमा भारतीय फौज पसेर गोविन्द गौतमको हत्या गरेको विषयमा तीब्र प्रतिक्रिया दिएका छन् । जनमोर्चाले त काठमाडौं र कैलालीमा विरोधजुलुससमेत निकाल्यो । मोहन विक्रम सिंहले अभिव्यक्ति प्रकाशित गर्दै भनेका छन्– भारतको त्यो हस्तक्षेपका विरुद्धमा राजनीतिक दल, संघसंस्था, संसदमा
जोडदार आवाज उठेको छ । प्रधानमन्त्रीले देशको सार्वभौमिकतामा कुनै बाह्य हस्तक्षेप सह्य नहुने बताएका छन् । यी सबै कुरा विदेशी हस्तक्षेप विरुद्ध नेपालमा देखापरेका महत्वपूर्ण सकारात्मक पक्षहरु हुन् । सरकारले ११ तोपको सलामीसहित गोविन्द गौतमलाई सहिद घोषणा त गर्यो तर त्यो शवयात्रा र शवको अन्तिम यात्रामा सरकारका कुनै मन्त्री उपस्थित भएनन् । सिमाना जोगाउने राष्ट्रिय कार्यमा सहिद भएका गोविन्दलाई ११ तोपको सलामीसहित विदाइ समारोह ०६३ को आन्दोलनपछिको पहिलो घटना हो ।
प्रश्न छ, कञ्चनपुरको त्यो घटनामा मधेसी मोर्चा किन मौन छ ?