काठमाडौं । मन्त्रिपरिषद सचिवालय र निवास सचिवालयमा सल्लाहकारहरुको रगरगी हुनथालेपछि उपसचिवदेखि सहसचिव स्तरका कर्मचारीहरु चिया खाएर फर्कन थालेका छन् । जे गर्छन्, प्रधानमन्त्रीका नातेदार सल्लाहकारहरुले गर्छन्, नियम कानुन जेसुकै होस्, सल्लाहकार नै निर्देशन दिने गर्छन् । स्रोतका अनुसार उपेन्द्र महतोले प्रचण्ड पुत्रलाई रसरङ्मा भुलाएर किचेन क्याविनेटको हैसियत प्राप्त गरिसकेको छ र उनले चाहेअनुसार जुनसुकै विषयमा प्रधानमन्त्रीलाई निर्णय लिन लगाउन सक्ने भइसकेको चर्चा छ ।
त्यसै पनि अर्वपति उपेन्द्र महतोको लगानी शंकाको घेरामा छ । चार ठूला वैंकमा उनको आर्थिक कारोवार शंकास्पद मानिएको छ । तर तिनै महतोले पुत्र प्रकाशलाई हातमा लिएर राज्यशक्तिको दुरुपयोग गर्न थालेका सवालहरु उठेका छन् । उपेन्द्रको पछिल्लो हरकत भनेको सरकारी स्वामित्वका जग्गाजमिन हडप्ने खेल, जुन डरलाग्दो भ्रष्टाचारका रुपमा देखिएका छन् ।
रसिया र बेलारुसमा अपारदर्शी व्यवसाय गर्दै आएका डा. महतोले अढाइदशक अघि कमाएको भनिएको एक खर्ब शंकास्पद मानिएको छ । तर, महतो विदेशबाट पैसा लाने ल्याउने गरिरहेका छन् र कुनै कर तिर्दैनन् । उनको स्रोत पनि खुल्दैन । स्रोत नखुलेका रकम आतंककारी हो कि सम्पत्ति शुद्धिकरणमा जानु
पर्ने हो, कसैले प्रश्न पनि उठाउादैनन् । यसबाट थाहा हुन्छ कि महतोको राजनीतिक पकड कति बलियो भइसकेको छ ।
वैदेशिक लगानी अथवा आम्दानी भित्र्याउन स्रोत खुल्नुपर्छ, अग्रिम अनुमति लिनुपर्छ, कर तिर्नुपर्छ । अख्तियार हनुमान बनेपछि महतोको कालोधनको साम्राज्य बिस्तार भएको छ, त्यसमाथि प्रचण्डको किचेन क्याविनेटमा पकड बनेपछि त उद्यम, व्यापार र आर्थिक क्षेत्रमा महतो क्यास किङका रुपमा चर्चित हुनथालेका छन् ।
यी तिनै महतो हुन् जसले आफ्नो एनसेलको विक्रीमा ६३ करोड कर छलेका थिए । जसको फाइल सरकारको दबाबमा खुल्न सकेको छैन । त्यसपछि रामदेवको लगानीलाई आफ्नो भनेर यिनले म नेपाली हुा भनेर छााद हालेर छोपछाप पारे । जुन अनियमित हो । आफ्नो कालो साम्राज्य फैलाउन महतो प्रधानमन्त्री पुत्रको दुरुपयोग गर्न थालेको खबरले माओवादी कार्यकर्तासमेत चिन्तित भएको देखिन्छ ।
रक्सीले बदनाम भएपछि अव म रक्सी नै पिउादिन भन्ने प्रकाशलाई सही स्थानमा नराख्ने हो भने प्रचण्डको रहेसहेको साख महतोको नाममा बदनाम हुनसक्ने देखिन्छ ।
महतो अव प्रकाशकै सहयोगमा नेपाल टेलिकमको २५ प्रतिशत शेयर खरिद गर्ने चााजोपााजो मिलाउन व्यस्त छन् । नेपाल टेलिकमजस्तो ठूलो कम्पनी हात पार्न सके कालोधन सेता पार्न सकिने उनको योजना हुनसक्ने अनुमान गरिएको छ । यिनै महतोले अख्तियारका निमित्त प्रमुख दीपकुमार बस्नेतलाई प्रमुख आयुक्त बनाएर आफ्नो कालो संसाद झलमल्ल पारिरहने खेलमा पनि महतो लागेको बताइन्छ । महतो कालो संसारको बहुमुखी प्रतिभाका रुपमा निस्किएका छन्, यिनलाई नियम कानुनले पक्रने दिन छिटो आउने चर्चा व्याप्त छ ।