Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यो सरकारले सिक्किमीकरण गर्दैछ

०१ मंगलबार , चैत्र २०७३८ बर्ष अगाडि

भक्तपुर । यो सरकार जति लामो समय टिक्यो, त्यति नेपाल सिक्किमीकरण हुने खतरा बढ्छ । यो निष्कर्ष ड्यास माओवादी भनेर ख्याति कमाएको तर अहिले खिया लागेर जनस्तरमा र राजनीतिक क्रियाकलापमा हराउँदै गएको नेकपा–माओवादीका नेता सीपी गजुरेलले भक्तपुर पुगेर रफत सञ्चारको मञ्चबाट बोलेका हुन् । गत शुक्रवार, २७ गते भक्तपुरका पत्रकारमाझ पुगेका गजुरेलले पुष्पकमल दाहाल प्रचण्डका सरकारलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा बनेको, चलेको कठपुतली सरकार हो भन्ने संज्ञामात्र दिएनन्, भारतीय सुरक्षाकर्मीले कञ्चनपुरमा नेपालभित्रै पसेर नागरिकको हत्या गर्दासमेत बोल्न नसकेको बताए । कठपुतलीहरु कहाँ बोल्न सक्छ र ? भनेर प्रधानमन्त्री प्रचण्डको मजाक नै उडाइदिए ।
गजुरेलको शव्दमा–  भारतले जे भन्यो त्यही गर्दै गइरहेको प्रचण्ड नेतृत्वको सरकार जति लामो समयसम्म टिक्छ त्यति नै छिटो नेपाल सिकिमिकरण तर्फ जान्छ । नेपाल र नेपालीप्रति घात गरिरहेको यो सरकारलाई छिट्टै हटाउनु पर्छ । प्रचण्ड सरकारले पश्चगामी संबिधानलाई कार्यान्वयन गर्न देखावटी रुपमा निर्वाचनको मिति घोषणा गरेको छ । यदि यस्तै अवस्थामा निर्वाचन गर्न खोजे देश गृह युद्धमा जाने निश्चित छ । यो विदेशपरस्त सरकारले जनताले क्रान्ति गरेर ल्याएको परिवर्तनलाई प्रतिक्रान्ति तर्फ धकेल्ने काम गरेको छ, गल्ती संबिधान जारीमै भएकाले यसलाई सुधार गर्न संबिधान खारेज गरि नयाँ शिराबाट देशलाई निकास दिन नसके देशले सधैं राजनीतिक संक्रमण ब्यहोर्नु पर्नेछ ।
सप्तरीमा जनता मारिए, आफैले समर्थन गरेको सरकारले नागरिक मारिदा पनि समर्थन गरिरहेको छ मधेसी मोर्चाले । यो स्थिति भनेको के गरौं भनेर भारतको आदेश पर्खेको हो भन्ने निष्कर्ष निकाल्दै सीपी गजुरेलले भनेका छन्– प्रचण्ड सरकार भ्रष्टाचार, कालो बजारी, घुसखोरी र तस्करहरुको संयोजनमा बनेको त थियो नै, पञ्चेहरुको आगमनले यसको स्वरुप झन स्पष्ट भएको छ ।
उनले यो सरकारलाई इतिहासकै कलंक हो भन्दै यो कमिशन र भ्रष्टाचारी सरकारको नेतृत्व प्रचण्डले गरिरहेको आरोपसमेत लगाए । देश बचाउने हो, यस्तो कूशासनलाई चिर्ने हो भने आन्दोलनको विकल्प छैन भन्दै उनले प्रचण्डसँग टाँस्सिन पुगेका पम्फा भुसाल, बादल र गुरुङहरु गल्तीको भण्डाफोर गर्ने भनेका थिए, अहिले प्रचण्डको गल्तीमा चोचोमोचो मिलाइरहेको देखिन्छ, त्यो जनतामाथि धोका हो भन्न बाँकी राखेनन् ।
सीपी गजुरेलले जतिसुकै हल्ला गरे पनि राजनीतिक रुपमा ड्यास माओवादीको हैसियत कोडी बराबर हुँदै गएको छ । संगठन यति कमजोर देखिन्छ कि पार्टी कहाँ छ कुन्नी ?