Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज चौधरीग्राममा भेट हुने

२३ सोमबार , फाल्गुण २०७३८ बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाह र वर्तमान राष्ट्र विद्या भण्डारीवीच आज विनोद चौधरीले नवलपरासीको चौधरी ग्राममा निर्माण गरेको सिजी इष्डष्ट्रिजको पार्कमा निर्माण गरिएको शाश्वतधामको उद्घाटन र धार्मिक सभामा भेट हुने निश्चित भएको छ । पहिलोपटक राष्ट्रपतिको छोरीको विहेमा भेट भएको थियो, यो दोश्रोपटक भेट हुने साइत जुरेको हो, साइत चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जुटाइदिएका छन् ।
शाश्वत धामको धर्मसभामा पूर्वराजा विशिष्ट अतिथिका रुपमा सहभागी हुने निश्चित भएको छ । पूर्वराजा केहीहप्तादेखि मध्य मधेसको भ्रमणमा छन्, शाश्वतधामबाट सिधै काठमाडौं फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

यो धर्मसभामा शंकराचार्य जयन्द्र सरस्वती र आर्ट अफ लिभिङका रविशंकरलगायतका धर्मगुरु, विद्वानहरु सहभागी हुँदैछन् । पूर्वराजाको यो शालीनता र उदारताले राजनीतिक सहमति र सहकार्यका लागि समेत मार्ग प्रशस्त गर्ने
अनुमान गरिएको छ । पूर्वराजाको व्यवहारलाई सबैले असल राजनेता भनेर मान्न थालेको देखिन्छ ।
चौधरीग्रुपका अनुसार शाश्वतधाम ७ विगाह जग्गामा फैलिएको छ । यो धाम देशभरिका धार्मिक क्षेत्रको परिचय र तिनको विशेषता पनि थाहा पाउन सकिने तरिकाले निर्माण गरिएको छ ।
अछामको वैद्यनाथबाट नौमुठे गाईको गोबर, माटो र त्रिशुल, नेपालगन्जको बागेश्वरीबाट सतीदेवीको वाकपतन भएको गर्तगृहको जल, प्युठानको स्वर्गदारीबाट अलौकिक गाईको गोबर र विभूति, पाल्पा, स्याङ्जा र गुल्मीको संगम रुरुबाट कालिगण्डकीको शालीग्राम, मुक्तिनाथको जल, मनकामनाबाट राम शाह अंकित चिनारी धामको गर्भगृहमा राखेर धामलाई पवित्र पारिएको छ ।
मन्दिर बाहिरको कुण्डमा बागमती, गंगा लगायत पवित्र नदी र धामको जल राखिनेछ । मन्दिरभित्र शिवलिंग स्थापना गरिएको छ । शंकराचार्य मठका कालिगढले बनाएको उक्त शिवलिंग कालो ग्रेनाइटबाट बनेको हो । शिवलिंगका अलावा मन्दिरभित्र १६ वटा देवी देवताका मूर्ति राखिएका छन् । यो धामलाई गुरुकुल शेलीमा ढालिएको छ र हरेक वर्ष १५ जना पण्डित उत्पादन गर्ने लक्ष्य छ । यो धाममा अनेक आधुनिक सुविधासम्पन्न पारिएको छ ।