Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अव आन्दोलन गर्ने पालो मुस्लिमको

२३ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

संविधानको संशोधन प्रस्तावमा मुस्लिमका हकहित समावेश छैनन्, किन ? मुस्लिममाथि विभेद भयो, मुस्लिम समुदायका हक, अधिकार, समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुन सकेनन्, मुस्लिममाथि अन्याय हुने होभने हामी चुपचाप बस्दैनौं भन्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने चेतावनी दिएको छ । राष्ट्रिय मुस्लिम गठबन्धनका अध्यक्ष समिममिया अन्सारी र महासचिव जाकिर हुसैनले मुस्लिम समुदायका माग लत्याइयो, हेपियो, सरकार गम्भिर भएन, स्थानीय तहमा मुस्लिमको प्रतिनिधित्व सुनिश्चित गरिएन भने आन्दोलन गर्न बाध्य हुनेछौं भनेका छन् । लाग्छ, अव आन्दोलन गर्ने पालो मुस्लिमको हो ।