‘हामी आफ्नो देशको रक्षा गर्न सक्षम छौा’ यो अभव्यिक्ति हो, नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ हाकको ।
अमेरिकामा डोनाल्ड ट्रम्पको उदय भयो । उनका कडा नीतिले नेपालजस्तो सानो मुलुकलाई त प्रभाव पार्न थालिसक्यो, उत्तर कोरियामा कस्तो प्रभाव पार्ला भन्ने प्रश्नमा उनको जवाफ थियो– हामीलाई साम्राज्यवादीहरुले दु:ख दिइरहेका छन् । केही फरक पर्दैन, हामी कसैसाग डराउने होइन, निडर भएर निर्माणमा लागिरहेका छौं । हाम्रो देशमा निर्माणको गति रोकिएको छैन । हामी स्वावलम्बन र सुरक्षामा सतर्क छौं, सचेत छों र हाम्रो देश रक्षा गर्न सक्षम पनि छों ।
फेब्रअरी १६ र त्यसअघि पनि राजदूत हाकले पत्रकारहरुसाग कुरा गरेका छन् । दूतावासमै तातो चिया ख्वाएर पोल्ने तातो कुरा गर्ने राजदूत हाक सच्चा देशभक्तिका कुरा गर्छन् । उनले नयाावर्ष २०१७ को उपलक्ष्यमा उत्तर कोरियाका नेता किम जोङ् उनले दिएको शुभकामना बक्तव्यका विषयमा पनि पत्रकारहरुसाग छलफल गर्दै उत्तर कोरिायको नीतिबारे स्पष्ट पारेका थिए ।
राजदूतको अहिले पनि एउटै उद्घोषण छ : संसारमा कोही खुशी र सुखी मानिस छन् भने त्यो उत्तर कोरियाली नै हुन् । अझ सुखी बनाउन राज्यले कुनै मसर बााकी राख्नेछैन ।
संसारले आपत्ति प्रकट गरिरहदा पनि उत्तर कोरियाले आणविक परिक्षण, व्यालेष्टिक मिसाइल परिक्षण गरिरहेको छ भन्ने जिज्ञासामा राजदूतको भनाइ यस्तो थियो– अरुले परीक्षण गर्दा चुप लाग्ने, हामीले परीक्षण गर्दा किन प्रचार भइरहेको छ ? अरुले त्यस्तै परीक्षण गर्दा केही चर्चा हुादैन, खाली हाम्रो कुरालाई मात्र बढी दुस्प्रचार गरिन्छ । त्यस्तो प्रचारका लागि अमेरिका, जापान र दक्षिण कोरियाले भूमिका निर्वाह गरिरहेका छन् । उनीहरुले हाम्रो देशविरुद्ध बढी मिडियाबाजी गरेका छन् । नेपालकै छिमेकमा यस्ता परीक्षण भइरहेका छन् तर त्यसबारेमा कतै चर्चा हुादैन । हाम्रो देशका विरुद्ध दुश्मन बढेका छन् । जतिसुकै कूप्रचार भए पनि हामी बदला लिन सक्षम छौं । कसैको यस्ता प्रचारले हाम्रो देशभक्तिमा केही फरक पर्नेवाला छैन । हामी अघि बढिरहन्छौं ।
हामी कसैमाथि जाइलाग्नका लागि मिसाइल परिक्षण गरिरहेका छैनौं । यो हाम्रो आवश्यकता हो । हामीमाथि कोही जाइलाग्न आउाछ भने हामीले प्रतिकार गर्नैपर्छ, यो सबै प्रतिकारका तैयारी पनि हुन् । हामीविरुद्ध प्रचार गर्नेले यो कुरा बुझिराखे हुन्छ, हामी त्यसको बदला लिन तयार छौा, आफ्नो देशको रक्षा गर्न पूर्ण सक्षम छौा । हामीलाई जति जिस्क्याउन सकिएला, हमला भयो भने त्यसको महगो मूल्य चुकाउनुपर्ने निश्चित छ भनेर जानिराखे हुन्छ ।
यद्यपि उत्तर र दक्षिण कोरियावीच एकीकरणका कुरा चलिरहेका छन् । शान्ति र एकीकरण दुबै मुलुकले महत्व दिएको विषय हो तर अमेरिकाले यस्तो एकीकरण गर्न दिन्छ भन्ने विषयमा कसैले पनि विश्वास गरिरहेका छैन । गएका केही महिनाभित्र यति ठूला ठूला घटना घटेका छन् कि त्यसको घाउले दुबै कोरियालाई छटपटीमा पारेको छ । दुबै कोरिया युद्धको दोबाटोमा छन् भन्दा पनि फरक पर्दैन ।
लामो युद्धपछि झण्डै ६५ वर्ष अघि एक कोरिया बिभाजित भएको थियो : उत्तर र दक्षिणमा । राजदूतका अनुसार शान्तिपूर्ण एकीकरणका लागि आफ्नो मुलुक तैयार छ तर दक्षिण एकीकरणको नाममा षडयन्त्र धेरै गरिरहेको छ । वार्ता र सहमतिका लागि हामी तैयार छौं, कोरियाली प्रायद्वीपको शान्तिपूर्ण एकीकरणका लागि हाम्रो प्रयास जारी छ, दक्षिण कोरिया इमान्दारिताका साथ अगाडि आउन नसकेको उनको भनाइ थियो ।
महामहिम हाकको हकी कुरा सुन्दा लाग्छ : युद्ध अवश्यंमभावी छ ।सुनेर अर्को कानले उडाइरहेका देखिन्छन् ।
गंगामायाँको गुहार अन्तर्राष्ट्रिय अदालत पुग्नेभो
गोर्खा फुजेलबाट चितवन हिडेका आफ्नो कान्छो छोरोलाई माओवादीले मार्यो भनेर आमाबाबु गंगामाया र नन्दप्रसाद अधिकारी न्याय चाहियो भनेर अनसन बसे । बाबु नन्दप्रसादको ३ सय ३३ दिनको अनसनपछि मृत्यु भयो र उनको शवको सदगद अझै हुनसकेको छैन । टिचिङ अस्पतालको यही फ्रिजमा नन्दप्रसाद अधिकारीको शव ३ वर्षदेखि राखिएको छ । गंगामाया ५ वर्षदेखि न्याय पाउँ भनेर अनसन बसिरहेकी नै छिन् । सरकारले अनेक तरहले गंगामायाँलाइ बचाएको छ तर उनको छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कानुनी कठघरामा उभ्याएर न्याय दिन सकिरहेको छैन ।
अधिकारकर्मीहरु अहिले पनि दण्डहीनताको अन्त्यका लागि चिच्याइरहेका छन् । नागरिक समाजले पहिले गंगामाया दम्पत्तिलाई बचाउन अनेक प्रयत्न गरेकै हो, अदालतदेखि सरकारको ढोका घचघच्याएकै हो, सडकमा मैनबत्ती जुलुस निकालेर न्याय खोजेकै हुन् तर सरकारले न्याय दिनेतिर निर्णायात्मक कदम चालेन । अहिले पनि गंगामायाले न्याय पाउनैपर्छ भनेर अधिकारकर्मी, नागरिक समाज र आमजनताले माग गरिरहेकै छन्, एउटी आमा यसरी न्यायका लागि ५ वर्षदेखि अनसन बसिरहदा पनि न्याय पाइनन् ।
कस्तो लोकतन्त्र हो यो ? लोकतन्त्र आएको १२ वर्ष र संविधान जारी भएको २ वर्षमा पनि विधि बस्न सकेन, दण्डहीनता झन बढेको छ र गंगामायाँहरु न्याय न्याय भन्दै मृत्यु कुरेर बस्नुपरेको छ ।
गंगामायाँ अधिकारी यतिबेला विश्व चासो बन्दै गएकी छिन् । यतिबेला नेपालमा जर्मनका सांसद नोरिपोर आएका छन् र उनले गंगामायाँलाई गएर भेटेका छन् । उनले भेट गर्न जाँदा गंगामायाँले उनीसँग पनि न्याय दिलाईदिन आग्रह गरिन् । रुँदै छोरो मारिएको र न्याय नपाएको गुनासो गरिन् । अव म मर्छु भन्दै नमर्दै छोराको हत्यारालाई कारवाही भएको हेर्ने इच्छा व्यक्ति गरिन् । जर्मन सांसदको आँखामा आँसु देखियो, नेपाली सांसदहरुले कहिल्यै यसरी गंगामायाँलाई भेटेनन्, उनका बारेमा चर्चा गरेनन्, न्याय दिनुपर्छ भन्ने संवदेनशीलता पनि देखाएनन् ।
जर्मन सांसद ओमिद नोरिपोरले गंगामायाँलाई तपाईमाथि भएको अन्यायको मुद्दा म अन्तर्राष्ट्रिय समुदायमा पुर्याउने छु भनेर बचन दिए । दोषीले दण्ड पाउनैपर्छ भन्ने आश्वासन पनि दिए । जर्मनको ग्रीन पार्टीका अन्तर्राष्ट्रिय मामिलाका प्रवक्ता पनि हुन् सांसद नोरिपीर । वीर अस्पतालको क्याविन नं. १७ को यो घटना अव अन्तर्राष्ट्रिय मुद्दा बन्ने निश्चित छ । जर्मन सांसदको यो भेटलाई हल्का रुपमा लिइयो भने त्यो बेपत्ता तथा मेलमिलाप आयोगका लागि मात्र होइन, नेपाल सरकार, संविधान, अदालत र नेपालको लोकतान्त्रिक पद्धतिका लागि समेत बुमेर्याङ हुनपुग्नेछ । यो गम्भीर विषय हो र गम्भीरताका साथ दण्डहीनताको अन्त्य गर्दै गंगामायाँलाई न्याय दिनुमा नै नेपालको हित हुने देखिन्छ ।
जर्मन सांसदले पत्रकारहरुसामु स्पष्ट शव्दमा भनेका छन्– ‘तपाईको संघर्ष उदाहरणीय छ, शान्तिपुर्ण छ, तपाईको न्यायको माग विश्व समुदायको माझ पुगेको छैन्, म न्याय दिलाउनको लागि काम गर्नेछु, तपाईको यो शालिन संघर्षलाई सबैले जान्नुपर्छ, बुझ्नुपर्छ, अन्तर्राष्ट्रिय समुदायको ध्यान जान आवश्यक छ, म त्यसको लागि सकेसम्मको पहल गर्नेछु ।’
गंगामायाँ अधिकारीले नोरिपोरलाई भनिन्– म हतियार उठाउन सक्दिन । म पीरले ग्रस्त छु, धेरै बाँच्ने आशा छैन, बाँच्दैमा न्याय पाए हुन्थ्यो । सरकारले करोडौं दिन्छु भनेको छ, मलाई पैसा चाहिन्न, न्याय पाए हुन्छ ।
जर्मन सांसदले गंगामायाँलाई भेट गर्दा अधिकारकर्मीहरु चरण प्रसाई, सुबोध प्याकुरेल, कनकमणि दिक्षित, राजन कुइकेलहरु पनि साथै थिए ।
गंगामायाँको न्यायको गुहार अव अन्तराष्ट्रियकरण हुँदै हेगसम्म पुग्ने बताउँछन् अधिकारकर्मीहरु । तर सरकार भने पीडितलाई राष्ट्रिय ढुकुटीबाट क्षतिपूर्ति दिएर जनयुद्धकालीन सबै मुद्दा मेलमिलापमा टुङ्ग्याउने तैयारीमा जुटिरहेको छ । सम्भव होला ?
यी दुई थच्चिदा पार्टी पन्चर भयो
काठमाडौं । अश्लील चलचित्रका अभिनेतृ पोर्न स्टार मिया खलिफालाई साउदी अरेवियाको राजदूत बनाउन राष्ट्रपति ट्रम्पमाथि दबाब दिइएको छ, सामाजिक सञ्जालमार्फत । यो याचिकामा ३ हजारको हस्ताक्षर हेर्न देख्न सकिन्छ । तैपनि राष्ट्रपति ट्रम्पले राजदूत नियुक्त गरिहाल्ने हिम्मत गरेका छैनन् । स्मरणीय छ, ट्रम्पकी श्रीमती पनि पहिलेकी पोर्न स्टार नै हुन् । तर नेपालमा माओवादी–कांग्रेसको सरकारले मेनपावरवालीहरुलाई क्रेनबाट राजदूतका लागि सिफारिस गरिदिए ।
यस सम्बन्धमा यति धेरै विरोधका आवाज सुनियो कि सरकार पछि हट्न बाध्य भयो । यतिमात्र होइन, आशा लामाको नागरिकतामाथि नै प्रश्न उठ्यो भने शर्मिला र रमेश कोइरालाको मेनपावर ठगीसम्बन्धी मुद्दाले सरकारलाई नै हल्लाइदियो । त्यसपछि सोमवारको निर्णय कच्चा भएको
सरकारले आत्मसात गरेर रिथिङ्किङ थालेको हो ।
नेपालमा अश्लीलभन्दा पनि घीनलाग्दो मानव वेचबिखनको मुद्दा खेपिरहेका मेनपावरवालीहरुद्वय आशा लामा र शर्मिला पराजुली तथा रमेश कोइराला राजदूतमा सिफारिस भएका थिए । राजदूत बेचियो भन्ने हल्लाखल्ला बढेपछि यिनलाई सिफारिस गर्ने मजफो लोकतान्त्रिकका नेताहरु सांसद, राजदूत पद बेच्ने हामीमात्र हौं र भन्दै लगौंटीसमेत उतारेर प्रतिवादमा उत्रेको देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई त इज्जत बचाउनै धौधौ परेको छ । एकातिर आइजीपी, अर्कोतिर राजदूतमा पनि लफडा, देउवालाई कांग्रेसभित्रै असक्षम भन्न र मान्न थालिएको छ । कांग्रेसभित्र कति पैसा लिएर राजदूत बनाएको भनेर बरिष्ठ नेताले सभापतिसँग प्रश्न नै उठाएदिए । मासबेस पार्टीभित्र यस्तो बबाल ?
यी दुवै महिलामाथि मानव वेचबिखन गरेको, वैदेशिक रोजगारीमा ठगी गरेको संवेदनशील मुद्दा लागेका छन् । अव प्रश्न उठ्छ, यिनीहरु राजदूत भए भने यिनले मेनपावर विजिनेश दूतावासबाटै सञ्चालन गर्नेथिए । धन्न, दूतावास मेनपावर अफिस बन्नबाट जोगियो । संसदीय सुनवाई समितिको धर्मसंकट पनि टरेको छ ।
सेना
काठमाडौं । साम्प्रदायिकता भड्काउने, राष्ट्रियता बिखण्डन गर्ने तत्वहरुलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले खबरदार भनेका छन् । प्रधानसेनापतिको शव्दमा– विखण्डनकारी समूहलाई निस्तेज पार्न नेपाली सेना सदैव तयार छ ।
सेना हत्तपत्त बोल्दैन । बोल्न पनि मिल्दैन । सेना बोलेपछि देशकोस्थिति गम्भीर मोडमा पुगिसकेछ भनेर अनुमान गर्नैपर्छ । गत नेपाली सेनाका सकल दर्जालाई अगाडि राखेर प्रधानसेनापतिले बिखण्डनविरुद्ध बोलेपछि सैनिक संगठन खतरामा पर्न थालेको नेपाल र नेपालीको अखण्डता जोगाउन तैयारीमा जुटेको अर्थ निकाल्न सकिन्छ । राजनीतिक अराजकताले त्यस्तै परिदृश्य र घटनाक्रम देखिन थालेको छ ।
मधेसका भूमिगत सशस्त्र समूह, संसदवादीको मुखबाट मधेस देशका कुरा उठ्नु र सिके राउतजस्ता मधेसलाई देश बनाउने अभियान नै थाल्नुले नेपाली सेना हर्कतमा आउन बाध्य हुनुपरेको हो । प्रधानसेनापतिको अभिव्यक्तिको लक्षित तारो पनि तिनै क्रियाकलाप हुन भन्न सकिन्छ ।
प्रधानसेनापतिले प्रष्ट शव्दमा भनेका छन्– ‘केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिनुको साथै केही समूहले हतियार उठाउने धम्की दिइरहेको कारण नेपाली समाजमा युगौंदेखि चल्दै
आएको सांस्कृतिक एवम् सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती दिएको छ, पूर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिलाई निस्तेज गर्न नेपाली सेना हरमहेसा तयारी हालतमा रहने छ । हाम्रो अखण्ड सुनौलो इतिहासलाई जीवित राख्न, राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीहरुको सामना गर्न, नेपाली सेनाले मानव अधिकार तथा अन्तर्रा्ष्टि्रय मानवीय कानुनको परिधिभित्र रही नेपालको संविधान र नेपाल सरकारद्वारा दिइने सबै जिम्मेवारीहरु पूरा गर्न कुनै कसर बााकी राख्ने छैन । नेपाली सेना सारा नेपालीको साझा राष्ट्रिय सेना हो ।’
प्रधानसेनापतिको यो अभिव्यक्तिपछि अकस्मात बिखण्डनवादी स्वरहरु अकस्मात पातलिन थालेको देखिदैछ ।