Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

माफी मागे बाबुरामले

०२ सोमबार , फाल्गुण २०७३८ बर्ष अगाडि

काठमाडौं । फागुन १ गते जनयुद्ध दिवस । जनयुद्धका एक नायक डा.बाबुराम भट्टराईले १० वर्ष लामो जनयुद्धमा भएका कमी कमजोरी र दु:खकष्टहरुप्रति औपचारिक र सार्वजनिक रुपमा क्षमायाचना गरेका छन् ।
सांस्कृतिक क्रान्ति सम्पन्न भएपछि माओले समेत जनताका सामु घुँडा टेकेर क्षमायाचना गरेका थिए । माओवादी बनेका बाबुरामले त्यसैगरी क्षमायाचना गरेका छन् र नयाँशक्ति नेपालमा लागेको पुष्टी गरिदिएका छन् । अवको शान्ति आर्थिक क्रान्तिमा आफूलाई सम्मिलित गरेका बाबुरामलाई जनयुद्धका पीडितहरुले माफी दिन्छन्, दिदैनन्, त्यो प्रतिक्षाको विषय बनेको छ ।
बाबुराम अहिले प्रचण्ड कहिले ?
पेरिस डाँडामा आयोजना गरिएको सभाबाट ‘जनआन्दोलनबाट प्राप्त उपलब्धि कुनै हालतमा पनि गुम्न दिइने छैन, जरुरी पर्‍यो भने अर्को बलिदानी गर्न पनि तयार हुनुपर्छ भन्दै थिए । उनको दावी थियो– माओवादीले थालेको युद्ध नै राष्ट्रलाई एकतावद्ध बनाउने ऐतिहासिक कदम हो । माओवादीले नै मधेस, पहाड र हिमाललाई मिलाउनसक्ने स्थितिमा छ, किनकि जनयुद्धमा यी सबैको बलिदानी छ । प्रचण्डले जनतासँग माफी माँग्ने काँटछाँटै देखाएनन् । बरु अर्को जनयुद्व दिवससम्म आइपुग्दासम्म सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट एक हुने विश्वास व्यक्त गरे । त्यसो त झण्डै ६९ हजार उजुरी परेका छन्– बेपत्ता र मेलमिलाप आयोगमा । प्रधानमन्त्री ती उजुरीलाई रद्दीको टोकरीमा हालेर आममाफीको तानाबाना बुनिरहेका छन् । नेपाल र विश्व अधिकारकर्मीको चीलका आँखा पीडितले न्याय पाउँछन् कि पाउँदैनन् भनेर यिनै उजुरीमा परिरहेका छन् । यसपटकको जनयुद्ध दिवसमा पनि जनयुद्धका पीडितप्रतिभन्दा फुइँकी हाँक्नमै कमाण्डर तथा प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो समय व्यतित गरे ।