Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संसदवादीको छातीमा बिप्लवको बज्र प्रहार

०२ सोमबार , फाल्गुण २०७३८ बर्ष अगाडि

काठमाडौं । शेरबहादुर देउवा र पुष्पकमल दाहालजस्ता संसदवादी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संगठन भत्काउँदै थिए, तिनका निर्णय सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिदै थियो, नेकपा माओवादी सैनिक पोसाकसहित राजधानीको मुटुमा टेकेर संसदीय परिपार्टीमाथि बज्र प्रहार गर्न सफल भयो ।
फागुन १ गते विप्लवले हजारौंको जुलुस प्रदर्शन गरे, यथार्थमा यो जुलुस प्रदर्शन भन्दा पनि शक्ति प्रदर्शन थियो, ८औं महाधिवेशन उद्घाटन राजधानीबाट गरेर फागुन ५ गतेदेखि १० गतेसम्म रोल्पाको थवाङ्मा बन्द सत्र गरेर आगामी रणनीति तय गर्ने कार्यक्रम छ नेकपा माओवादीको ।
१० वर्षे जनयुद्धका नायक पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । उनको मुखेन्जी, उनको सत्ताको खिल्ली उडाउँदै बिप्लवले राष्ट्रघातीहरुलाई नछाड्ने धम्की दिए, हिम्मत छ, सक्छौ भने, साहस छ भने– सिके राउत र मलाई जेल हालेर देखाउ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिए । राजधानी तताएर तातेका राता माओवादीहरु अव रोल्पाबाट जन बिद्रोह, जन बिस्फोटको सन्देश दिने तैयारीमा जुटेका छन् ।
विप्लवले खुलामञ्चबाट ललकारे– म लुकेको छैन, यहीँ छु । ताकत भए पक्राउ गर । हामी देशको रक्षाका लागि उठेका हौं, हामीलाई होइन देश बेच्नेलाई पक्राउ गर्नुपर्छ, जेल हाल्नुपर्छ । जेल जाने हामी कि राष्ट्रघाती ? जेल जाने दिन प्रतिक्षा गरेर बस । अदालतमा भएका जनयुद्धकालका सबै मुद्दा खारेज हुनुपर्छ, मुद्दा खारेज गर्न प्रचण्डका हात काँपेका छन्, हाम्रा हात काम्ने छैनन् ।
विप्लवले निष्कर्ष यसरी सुनाए– प्रचण्डको दिनभरिको भाषणलाई ओलीले एउटै उखानटुक्कामा सिध्याइदिन्छन्, ओलीका टुक्कालाई प्रचण्डको एउटै झूठले सिध्याइदिन्छ । यी दुबै नेता चटके नेता हुन् । प्रचण्ड मोदीका सामु आत्मसमर्पण गरेर आएका नेता हुन्, मोदी गरुढ र गरुढको छायाँमा परेको सर्पजस्ता प्रचण्ड । शेरबहादुर देउवाले नेपालको भूराजनीति बुझेकै छैनन्, अबुझ देउवाले गोवा पुगेर दलाई लामालाई भेटेर आए । ४० वर्ष सत्तामा बसेर भ्रष्टाचारमात्र गर्ने कांग्रेसले हामीलाई राजनीति नसिकाए हुन्छ । बाबुराम त जनयुद्धका कमाण्डर नै होइनन्, आफ्ना सदस्यको रक्षा गर्न नसक्ने पनि कमाण्डर हुन्छन् ? कृष्णबहादुर महरा कस्ता भने रोल्पमा क्याम्पस भवन बनाउन भारतीय राजदूतसँ पैसा माँग्छन्, महरा पनि क्रान्तिकारी नेता ? गुण्डा घैंटेको वकालत गरेर हिड्ने गगन थापा युवा नेता रे । भूकम्प पीडितका त्रिपाल बेचेर खानेलाई खाल्डो खनेर पुरिन्छ । सुशीला कार्की मजदूरविरोधी, मालिकका पक्षधर छिन् । अव भ्रष्टाचारीहरुको खैरियत छैन ।
अर्थात, विप्लवले यसरी खुलामञ्चबाट बाघ गर्जिए झैं गर्जिए कि अव उनको बाघ झाप्पुले कसकसलाई घायल, कायल पार्ने हो, महाधिवेशन सकिएपछि त्यसको रिजल्ट निस्कन सक्ने भय अहिले नै सञ्चार हुन थालिसकेको छ ।