काठमाडौं । सिके राउतलाई पक्राउ गर्दा महन्थ ठाकुरले आपत्ति जनाएका छन् । महन्थ ठाकुर तिनै व्यक्ति हुन् जसले केही समयअघि एक मधेस नभए, एक नेपाल पनि रहदैन भनेका थिए । सिके राउत मधेस देश बनाउनैपर्छ भनेर मधेसमा आमसभा, सशस्त्र समूह परिचालन गरिरहेका छन् । चर्चा त यतिसम्म चलेको छ कि आगामी महिना मधेसभरि भारतीय झण्डा फहराउने सम्मको छ । त्यस्ता सिके राउतलाई संसदवादी महन्थले समर्थन गर्नु आश्चर्यको विषय हो । महन्थले संसदमै बहुराष्ट्रियताको मुद्दासमेत उठाएका थिए । एक राष्ट्रमा दुई राष्ट्रियताको कुरा गर्ने महन्थ ठाकुर अहिले पनि एक मधेस एक प्रदेशको पक्षमा उभिएका छन् र संविधान संशोधन गराएर मधेस र पहाडलाई अलग गराउने अभियानमा देखिन्छन् ।
यिनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पहिले संविधान संशोधन र त्यसपछि निर्वाचन घोषणा गर्न मनाएर ठूलै तीर मारेका छन् । चुनाव चुनाव भनेर नथाक्ने सभापति देउवालाई एक कदम पछि धकेलिदिएका छन् जसले माओवादीलाई राहत र एमालेलाई धक्का पुगेको छ । एमाले यति नै बेला चुनाव घोषणा गराउन चाहन्छ । जुन हरुवा गोरुको छेरुवा दाउ गर्ने सत्तारुढ दल चाहिरहेका छैनन् । सत्ता लम्ब्याउन र एमालेलाई संविधान संशोधनकै मुद्दामा फसाएर उसको राष्ट्रवाद डगमगाउन खोजिदैछ ।
महन्थ पुराना कांग्रेसी नेता हुन् । उनले कांग्रेससाग एकता गरेर चुनावमा भाग लिने भित्री कुरा मिलाएर महन्थको पक्षमा उभिएको बुझ्न सकिन्छ । त्यसमाथि देउवाले माघ ७ भित्रै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन कांग्रेसले गराउाछ भनिसकेका छन् । यसको अर्थ प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन बाध्य पार्ने खेल पनि हुनसक्छ । यसबाहेक राप्रपाले फागुन ९ गते अधिवेशन सम्पन्न गरेर सत्ता छाड्ने कुरा गर्न थालेको छ । राप्रपाले सत्ता छाडेपछि प्रचण्ड सत्ता छाड्नै पर्ने नैतिक दबाबमा हुनेछन् । ९ महिनापछि सत्ता कांग्रेसलाई हस्तान्तरण गर्ने सहमति ७ महिनामै पूरा गर्ने हुन् कि ? अहिले सिके राउतले देखाएको अतिवादी चर्तिकला पनि पश्चिमा दबाबमा गरेको र माओवादीलाई अलोकप्रिय पार्ने साजिस हुनसक्छ । माओवादी सिके राउत दलदलमा फसिसकेको छ ।
भित्रभित्रै मधेसी दललाई साथमा लिएर कांग्रेस सरकार गठन गर्ने हिसाव कितावमा जुटिसकेको खबर छ ।
देश टुक्य्राउनेलाई मानवाधिकारको धाप
काठमाडौं । आमसभा गर्न दिएको आरोपको लाजगाल टार्न प्रचण्ड सरकारले सिके राउतलाई पक्राउ त गर्यो, तर उनलाई बचाउन मानवाधिकारवादी खुलेर अघि सरेका छन् । राष्ट्रमातालाई बेश्या भन्ने, नेपालको नागरिकता बोक्ने र मधेस देश बनाउाछु भनेर चर्को भाषण गर्नेलाई मानवाधिकारवादीले संरक्षण गर्न मिल्छ कि मिल्दैन ? नेपाल मानवअधिकार संगठनअध्यक्ष अधिवक्ता इन्ऽप्रसाद अर्यालले विज्ञप्ती निकालेर वार्ता गर्न माग गरेका हुन् । उनले ‘मधेसको अधिकारका लागि आन्दोलन गरिरहेका’ व्यक्तिलाई रिहा गर्न भने, आन्दोलनको शैली देशविरुद्ध, घृणा फैलाउने हुन्छ कि हुन्न स्पष्ट पारेनन् ।
सिके राउतलाई कहिले एमनेष्टीले कहिले मानवाधिकारवादीले राष्ट्राधिकारको बेवास्ता गरेर संरक्षण गर्नु उदेगलाग्दो विषय बन्नपुगेको छ नेपालमा ।