Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हिन्दूराष्ट्र र राजतन्त्र फर्काउँ, देश बचाउँ

२४ सोमबार , माघ २०७३८ बर्ष अगाडि

काठमाडौं । ०२८ साले आन्दोलनकारी व्यक्तिहत्यामा १७ वर्ष जेलपरेका परशुराम र पछि नेपालका मण्डेला मानिएका मोहनचन्द्र अधिकारी रुद्राक्ष माला जप्दाजप्दै जीवनको उत्तराद्र्धमा आएर उनले हिन्दूराष्ट्र ल्याऔं, देश बचाऔं भन्ने नारा लगाएका छन् ।
मोहनचन्द्र अधिकारीको निष्कर्ष छ : हिन्दूराष्ट्र पुनस्र्थापना हुन सकेन भने नेपाल रहदैन । माओवादी, एमालेले समेत वेवास्ता गरेर मिल्काएको कारण निराश भएर नैकापको एक कुनामा जीवन बिताइरहेका अधिकारी हिन्दूवादीहरुसँग मिलेर हिन्दू राष्ट्र अभियानमा सक्रिय भएर जुट्न थालेका छन् ।
हिन्दूराष्ट्र र राजतन्त्रको वकालत गर्ने मुख्य नेताद्वय कांग्रेसका खुमबहादुर खड्का र राष्ट्रवादी अभियानका नेता केशरबहादुर बिष्टसँग उनको विशेष उठबस, हिमचिम बढ्दै गएको छ ।
मोहनचन्द्र अधिकारीजस्ता खारिएका कम्युनिष्ट नेता, जसले जीवन नै कम्युनिष्ट दर्शन र विचारमा अर्पित गरे, उनले समेत राष्ट्र संकटमा पर्‍यो, राष्ट्र बचाउन हिन्दूत्व र राजाको आवश्यकता देख्नु र पहिले राष्ट्र अनि मात्र विचार भन्ने निर्णय गर्नुले पनि कम्युनिष्ट राजनीति कति व्यक्तिवादी, स्वार्थी र विदेशपरस्त भइसकेछ भन्ने स्वत: अनुमान गर्न सकिन्छ ।
गतहप्ता एकेडेमीमा आयोजित एक हिन्दू अभियान कार्यक्रमा भएकोएक संक्षिप्त भेटमा मोहनचन्द्र अधिकारीले भनेका छन्– देश बचाउनका लागि सबै मिल्नैपर्छ, एकताको विकल्प नै छैन ।
कांग्रेस, एमाले, माओवादीले राजा हटाएर राष्ट्र जिम्मा लिएका हुन् । तिनले जिम्मेवारी पूरा गरेको भए आज देश यसरी संकटमा फस्ने थिएन । विचारले, भेग र भेषले, भाषा र जातियताले देश टुक्रिसक्यो । अहिले नसम्हाले देश नरहन पनि सक्छ । यो बेला भनेको सबै मिलेर देश बचाउने बेला हो । को के हो भनेर हेर्ने, तौलने, जोख्ने बेला छैन, अव त राष्ट्र बचाउने सबैसँग मिलेर अघि बढ्नुपर्छ । हिन्दूधर्म जोगाउन सके देश जोखिन्छ । मोहनचन्द्र अधिकारीको यस्तो विचार सुनेर हिन्दूवादीहरु अझ उत्साहित भएका छन् भने कांग्रेसका नेता खुमबहादुर खड्काले कोपुण्डोलमा खोलेको हिन्दू अभियानको कार्यालयमा अकस्मात भीड बढ्न थालेको छ । खुमबहादुर छिटो आफ्नो बिग्रेको स्वास्थ्य सुधारेर आगामी बैशाख १ गतेदेखि देशव्यापी हिन्दू अभियानमा जुट्ने बताउँछन् । मोहनचन्द्र अघि लागे भने टुक्रा टुक्रा बनेका हिन्दूवादीहरु जोडिन सक्छन् र राप्रपासमेत यो अभियानमा मिसिएर निर्णायक हिन्दू शक्ति बन्नसक्ने देखिन्छ ।
पश्चिमा शक्ति र तिनका दानापानी खाएकाहरु मोहनचन्द्र अधिकारीलाई मण्डले, पञ्चेहरुसँग मिल्न जाने हो भनेर अधिकारीको निवास नैकापको गल्लीगल्ली सोधखोज गर्दै पुगेका छन् । अर्थात मोहनचन्द्रलाई रोक्ने उनीहरुको कसरत सुरु भइसकेको छ । तर ०२८ साले सशस्त्र क्रान्तिका झापा नायक अधिकारीलाई यी ठेट्नाले कसरी मनाउन सक्लान् र रोक्लान् ? यसै भन्छन् अधिकारीका केही अनुयायीहरु ।
यता राजनीतिक खिचलो बढ्नु, संविधान संशोधनको प्रस्तावले राष्ट्रघात भएको हल्लीखल्ली चल्नु, सरकारले भारतका सामु घुँडा टेकेको झ्याइँझ्याइँ हुनु र मोहनचन्द्रजस्ता नेता हिन्दूवाद बोकेर राजतन्त्रको निकट पुग्नुले अर्को परिवर्तनको संकेत देखिन थालेको छ ।