Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राजतन्त्र फर्काउने तैयारी हो त ?

२४ सोमबार , माघ २०७३९ बर्ष अगाडि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दूराष्ट्र घोषणा गराउन अव खुलेरै लागेका संकेतहरु देखिएका छन् । मोदीका सहयोगीहरुको निरन्तर काठमाडौं आउने क्रम जारी छ र उनीहरु बाहिर मिलेर अघि बढ्नोस् भने पनि भित्री रुपमा नेपाललाई हिन्दूराष्ट्र घोषणा गराउन दबाब दिइरहेका छन् ।
भारतले बुझेको छ, नेपाल टुक्रियो अथवा खण्डित हुने स्थिति आयो भने त्यो रोग सीमा नाघेर भारत पस्छ र भारतको एकता नराम्ररी खलबलिन पुग्छ, त्यसैले यतिखेरको भारतको रणनीति भनेको
नेताहरुलाई लाम लगाएर लम्पसार पार्ने र नेपालमा भारतको पकड बलियो बनाएर हिन्दूराष्ट्र घोषणा गराउने नै हुनसक्छ । विज्ञहरु भन्छन्– भारतले नेपाली मधेसको भूभाग खान्छ भन्ने कुरा पत्याउन सकिन्न । नेपाललाई कमजोर पारेर र चीनको पहुँच पातल्याएर आफ्नो बर्चस्व कायम गर्नु नै भारतको ध्येय हो । यसैका लागि भारत नेपालमा हिन्दूत्वको शक्ति आफ्नो पकडमा राख्न चाहन्छ ।
नेपालमा राजतन्त्र नहुँदा पश्चिमाले चलखेल गरिरहेको विषयमा भारत र चीनको कुरा मिलेको छ । यद्यपि भारत र चीनवीच अनेक विषयमा चर्काे मतभेद छ तर नेपालका सम्बन्धमा दुबै मुलुक धेरै निकट छन् र दुबैले नेपालको पूर्वराजासँग सम्बन्ध र समन्वय गरिरहेका छन् । चीनबाट फर्केको महिनादिनमै पूर्वराजालाई थाइलेण्डमा भ्रमण गर्न निम्तो दिनु, चिनियाँ राष्ट्रपति सि जिनपिङका विशेषदूत सिफु तारालाई भेटेर पूर्वराजा थाइलण्ड हान्निनु पछाडि राजतन्त्र पुनस्र्थापना गर्ने फाइनल बैंकक वार्ता भनेर नेपाली राजनीतिमा ठूलै हल्लीखल्ली चलिरहेको छ । खासगरी नेपाली कांग्रेस टिटुलर हेडका रुपमा राजतन्त्रप्रति सकारातमक भइरहेको छ भने एमाले माओवादीजति नकारात्मक छैन । माओवादी राजतन्त्र फालेको फुर्तिले अझै चुनाव जित्न सकिन्छ भन्ने विश्वासमा छ जबकि माओवादीको अहिले चुनाव घोषणा हुने हो भने पत्तासाफ हुने कुरामा कसैलाई शंका छैन । चुनाव जित्नकै लागि प्रम प्रचण्डले वाईसिएलसमेत ब्यूँताएर माओवादी विरुद्धका क्रियाकलापको प्रतिकार गर्न आदेशसमेत दिएका छन् ।
प्रधानमन्त्रीले चुनाव घोषणा गर्न नसक्नु र चुनावी वातावरण नै नबन्नुमा संविधान संशोधनमात्र कारक होइन, यसभित्र राजतन्त्र शक्तिलाई पुनस्र्थापना गराउने रणनीति पनि छ भन्ने विश्लेषकहरको धारणा छ । नेपालमा हिन्दूराष्ट्र र राजतन्त्र नभएमा नेपाल अराजक त बन्छ नै, त्यसको प्रभावले पश्चिमाले चीन र भारतलाई नै निसाना बनाउने भएकाले चीन र भारत बैंकक मुकाममा रहेका पूर्वराजासँग भेटवार्ता र निर्णयमा पुग्ने अनुमान गरिएको छ ।
फास्ट ट्य्राकबाट संविधान जारी गर्दा जुन बबण्डर मच्चियो, फाष्ट ट्य्राकबाट चुनाव घोषणा भएमा झन बबाल हुने खतरा मोल्न बल्ल भारतसँग सुध्रिएको सम्बन्ध बिगार्ने जोखिम प्रम प्रचण्ड लिन चाहिउको देखिदेनन् । त्यसैले पनि राजनीति असफल भयो, संविधान फेल भयो र राजनीतिक दुर्घटना हुनै लागेको छ । अव हिन्दूराष्ट्र र राजतन्त्रको पुनस्र्थापनाभन्दा अर्को बिकल्प छैन भन्ने स्थिति सिर्जना भइसकेको देखिन्छ ।