परराष्ट्र र सुरक्षा मामिलामा निर्देशनबिना कुनै पनि सूचना, समाचार नछाप्ने भारतीय अखवारहरुमा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह छाउन थालेका छन् । जनवरी २३ को इण्डियन एक्सप्रेसमा युवराज घिमिरेको आवाजमा आकाशवाणी भएको छ– पूर्वराजासँग वार्ता र सहमति गर । हप्ता पन्द्र दिनमा यस्ता समाचारहरु भारतीय अखवारहरुमा छापिने क्रम हिजोआज झन बढेको छ । किन ?
नेपालबाट राजतन्त्र समाप्त पार्ने प्रमुख कारक भारत नै हो । उसैले माओवादी जन्मायो, हुर्कायो, धारिलो पार्यो र राजतन्त्र समाप्त गर्यो ।
केही दिन अघि पूर्वराजाले राजगद्दी छाडेको, मुलुक र जनताप्रतिको दायित्वबाट टाडा भएको छैन भन्दा प्रधानमन्त्री र गृहमन्त्रीले मन्त्रिपरिषदमै छलफल गरे । कारवाही गर्ने धम्की दिए तर तिनलाई आकाशवाणी भएपछि तिनको जिब्रो तालुमा टाासिएको होइन ?
अर्थात्, पूर्वराजाको दावी, चीन र भारतको नेपालको राजनीतिप्रतिको बढ्दो चासो र यस क्षेत्र र विश्व शान्तिमा समेत नेपालका भूराजनीतिक, सामरिक र रणनीतिक महत्वका कारणले भारतमा पूर्वराजाको चर्चा बढेको विश्लेषण गरिदैछ । राजनीतिक असफलता र संवैधानिक संकट र बढ्दो अराजकताका कारणले पूर्वराजालाई उनले भनेजस्तो दायित्ववोध गरायो भने उनी जनतासँग उभिन आउन सक्छन् । त्यो अवस्थामा के होला, के नहोला ?
राजनीतिक दलहरुले निषेध भन्दा पनि विश्वासमा लिएर अघि बढ्नु पर्दैन ?