Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तरमारा गभर्नरका कारण अर्थव्यवस्था गडबढ

१७ सोमबार , माघ २०७३८ बर्ष अगाडि

    काठमाडौं । घरभाडा समेत नछाड्ने, भ्रमणमात्रै गरेर र बैठकमात्रै राखेर भत्ता सोहोर्ने गभर्नर र राष्ट्रबैंकका असक्षम बोर्ड सदस्यहरुका कारण बित्तीय क्षेत्र अराजक बन्नपुगेको छ ।
    बैंकहरुमा तरलता छैन, मनलागी व्याज दिएर मुद्दती बटुल्दै छन् र बचतमा व्याज दिइरहेका छैनन् । कसरी नाफा कमाउने भन्ने धूनमात्रै छ बैंकहरुलाई । सेवाग्राही र अर्थतन्त्रलाई कसरी सही मार्गमा ल्याउने कुनै सोच नै नभएका गभर्नर राष्ट्र बेंककै इतिहासमा मूर्ति बनेर खडा छन् ।
    सुशील कोइरालाका नातेदार भएकाले उनकै प्रधानमन्त्रित्वमा यिनी गभर्नर भएका हुन् । यिनको आर्थिक सतही ज्ञानले कमाल होइन, बबाल सिर्जना गरिसकेको छ । गभर्नरमात्र होइन, दुई डेपुटी गभर्नर पनि राजनीतिक भागबण्डामा आएकाले उनीहरु पनि भ्रमण र भत्तातिरै ध्यान दिइरहेका छन् । राष्ट्र बैंक कर्मकाण्डी बनेपछि वाणिज्य वैंक र बित्तीय संस्थाहरु स्वच्छन्द बन्दै गएका छन् । राष्ट्र बैंकको प्रभाव सकिदा राष्ट्रमा भयावह आर्थिक संकट आउन सक्ने आँकलन अर्थविदहरुले गर्न थालिसकेका छन् ।