काठमाडौं । २०५८ जेठ १९ गते दरवार हत्याकाण्डमा उल्का भयो, त्यसपछि २०६५ साल जेठ १५ गते राजतन्त्रकै अन्त्य गरियो । लोकतन्त्र सुरु गराउनमा कहीँ न कहीँ मेरो पनि हात छ भनेर दावी गर्ने देवयानी राणालाई पशुपति शमशेर जबराले राष्ट्रिय अध्यक्षता डा.प्रकाशचन्द्र लोहनीको हिल्ला लगाएर पन्छिएजस्तो गरे पनि राप्रपा प्रवेश गराएका मात्र होइनन्, दोलखाको शैलुङ्गेस्वर गाउँ इकाईबाट क्षेत्रीय प्रतिनिधि बनाएका छन् ।
राप्रपामा रेखा थापाले के त्यस्तो तरङ्ग ल्याइन् र देवयानीले त राजनीतिक माहोल नै तताइदिएकी छिन् । राजावादी राप्रपामा राप र ताप बढेको छ । राप्रपाका एक केन्द्रीय सदस्यका अनुसार देवयानी महाधिवेशन प्रतिनिधि बनेर अर्को महिनादेखि सक्रिय राजनीतिमा पदार्पण गर्दैछिन् । बाबु नाति जर्नेल पशुपतिशमशेर जबरा आफैले देवयानीलाई गाइड गर्दै देवयानीलाई राजनीति सिकाउने छन् ।