Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चुनावका लागि राप्रपा चम्कियो

१० सोमबार , माघ २०७३१० बर्ष अगाडि

    यथास्थितिमा संविधान संशोधन हुन सक्दैन भनेर नरम नीति लिदै आएको राप्रपा उपप्रधानमन्त्रीसहित सरकारमा जान लाग्यो भनिरहेका बेलामा अध्यक्ष कमल थापाले भनेका छन्– संविधान संशोधन पास हुन्छ भनेर सपनामा पनि नसोचे हुन्छ भनिदिएपछि राप्रपा राष्ट्रवादकै पक्षमा उभिन पुगेको छ ।
    संशोधनको विरोधमा उभिनुले राप्रपालाई आगामी चुनावका लागि वातावरण सहज बन्नपुगेको छ । राप्रपाको यो नीतिलाई विश्लेषकहरु चुनावका लागि राप्रपा चम्कियो भन्न थालेका छन् । राप्रपाले चुनावी 
तैयारी थालिसकेको छ ।
    यद्यपि राप्रपा सरकारमा छ, तर डा.लोहनीका अनुसार कुनै पनि निर्णयका विषयमा राप्रपासँग सल्लाह गरिन्न, बोधार्थबाट मात्र थाहा लाग्छ । यस्तो स्थितिमा चार पाँच मन्त्रीका लागि राप्रपाले आफ्नो अडान छाड्नु भनेको आत्मघाती हुनेथियो । अव सरकार छाड्नुपर्छ ।
    जेहोस्, चुनाव हुनुपर्छ भन्ने राप्रपाले जनस्तरबाटै नचाहेको र राष्ट्रघात भनेर लाञ्छना लगाइरहेको संविधान संशोधनको विपक्षमा उभिएर राप्रपाले आफूलाई चुनावमा जाने फलामे ढोका खोलेको छ । त्यसै पनि सत्ताका लागि लालची भयो, अडान छाड्यो भन्ने आरोप लाग्न थालिसकेको स्थितिमा सुधार गर्दै राप्रपा जनताकै भावना र आकांक्षामा उभिन पुगेकाले चुनावका लागि चम्किएको हो ।