जसरी पनि संविधान संशोधन प्रस्ताव पारित हुन्छ भनेर कुर्लने प्रधानमन्त्रीको स्वर सुकेको छ । राप्रपाले समेत सपना नदेख्न भनेपछि हिजो डटेका प्रधानमन्त्री अव पछि हट्न वाध्य भएका छन् ।
संशोधन प्रस्ताव पास हुनै नसक्ने भएपछि प्रधानमन्त्री पछि हट्ने र माघ १५ भित्र थ्रेसहोल्ड कायम गरेर मधेसी दलहरुलाई समेत साथमा लिएर चुनाव घोषणा गर्ने संकेत गरेका छन् ।
प्रधानमन्त्रीका निकट नेता टोपबहादुर रायमाझीले समेत विधेयक पास गराउन नसकिने भएपछि सरकार पछि हटेको हो, जनताले नचाहेपछि कुनै पनि जोडिएका पहाड र मधेसको इलाका अलग गर्न सकिन्न, गर्न पनि हुन्न । पहाडबाट मधेस अलग्याएर कुनै पनि संघीयतामा पर्दैन, अव संशोधन प्रस्तावको संसदीय प्रक्रिया नै अघि बढ्दैन । अर्थात प्रधानमन्त्री थाँती राख्न तैयार भए ।