राष्ट्रपति, प्रधानमन्त्री, बरिष्ठ नेताहरु सामु एमालेका उपाध्यक्ष तथा पूर्व गृह र रक्षामन्त्री समेत भएका नेता भीम रावलले पटनामा मधेसी मोर्चाको गोप्य सम्मेलन र गुरिल्ला ट्ेरनिङ भइरहेको छ, देश टुक्रिने भयो, सरकार कहाँ छ, के गरिरहेको छ ? भनेर प्रश्न उठाएको विषयलाई सरकारले गलत भनेर माहोल शान्त पार्यो तर मधेसी मोर्चाका नेता उपेन्द्र यादवले भीम रावललाई जेल हाल्ने कि हामी जेल जाने भनेर बखेडा सुरु गरे ।
भीम रावलले भनेजस्तो गुरिल्ला ट्ेरनिङ नभए पनि सीताराम यचुरी, रञ्जीत राय, केबी राजन, देवेन्द्र यादव र रघुवंशप्रसाद सिंह, सिके राउत र संघीय समाजवादी फोरमका रामसहाय यादव पनि सहभागी भएका थिए र मधेसका ज्वाला सिंह र गोइतजस्ता खतरनाक भूमिगत २५ सशस्त्र समूहको पनि उपस्थिति थियो । त्यो बैठकले गुरिल्ला ट्ेरनिङ दिएर मधेस टुक्य्राउन मधेसभरि भारतीय झण्डा फहराउने योजना छ भनेर भीम रावलले सरकारमाथि असक्षम रहेको प्रश्न गरेका हुन् ।
भीम रावलको दावीलाई कांग्रेस सभापतिले वाहियात भनिदिए, प्रधानमन्त्री र गृहमन्त्रीले सेनासँग पनि यसबारे छलफल गरेका थिए । कतैबाट पुष्टि हुन नसकेको खबर आएपछि सरकार एमालेको रणनीतिक अति प्रचार भनिरहेको स्थितिमा संघीय समाजवादीका नेता उपेन्द्र यादवले भीम रावललाई मधेसमाथि यस्तो आरोप लगाएकोमा जेल हाल्न माग गरेका छन् ।
भीममुक्का यतिखेर भीम रावलकै छातीतिर फर्किएको छ । अव एमालेले माफी माग्नुपर्छ भन्नेतिर मधेसी मोर्चाका नेताहरु एकजुट भएका छन् । यो एकतालाई भारतीय राजदूतले मटितेल खन्याउन थालेको खबर छ । यो झगडा दावानल बन्ने निश्चित छ तर संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव पारित गर्न भीम रावलको दावीले ठूलै समस्या सिर्जना गरिसहेको छ । भीम रावलको दावीलाई सरकारले प्रस्ताव पास गर्ने हतियार बनाउने संकेत मिलेको छ ।