Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तीन दलकै कारण राजतन्त्र फर्किन्छ

०३ सोमबार , माघ २०७३८ बर्ष अगाडि

राप्रपाका बरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले बोधार्थ बुझेर बसेको स्थितिमा पार्टी प्राविधिक रुपमा सरकारमै छ, संविधान संशोधन देश र जनताको पक्षमा हुनुपर्छ,  नभए सरकार छाड्ने विकल्प छ, ४–५ मन्त्रीका लागि राप्रपाले सम्झौता गर्दैन भनेर अभिव्यक्ति सार्वजनिक गरेकै समयमा प्रमुख सचेतकले राप्रपाको यस्तो निष्कर्ष सुनाएका हुन् ।
राप्रपा र राप्रपा नेपाल एक भएपछि अझ शक्तिशाली बनेको चौथो ठूलो दल राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीको मुखबाट राप्रपाले बोल्न लगाएको छ– यस्तै हाँसको न कुखुराको चालको अवस्था रहे मुलुकले कोर्ष परिवर्तन गर्छ, गणतन्त्र, सघीयता, धर्मर्िनरपेक्षता रहदैन, राजतन्त्र फर्किन्छ । यथास्थितिमा संविधान संशोधन गर्न सरकारमा जाँदैनौं, गएका मन्त्रीलाई पनि फर्काउनु पर्ने हुनसक्छ । संविधान संशोधनको औचित्य पुष्टि हुनसकेको छैन ।
हो, हामीलाई समस्या समाधान गर्न, संविधान कार्यान्वयन र निर्वाचन सम्भव तुल्याउन सरकारमा आउन आग्रह गरिएको छ । सरकारमै भएको हाम्रो पार्टीसँग सल्लाह नै नगरी संविधान संशोधन प्रस्ताव दर्ता गरियो । हामी प्राविधक रुपमामात्र सरकारमा छौं । यस्तो अन्यौल र अपमानजनक स्थितिमा सरकारमा जाने होइन, सरकारले गम्भीरता देखाउँदैन भने गएका मन्त्रीलाई पनि फिर्ता बोलाउँछौं ।
राप्रपाको थप निष्कर्ष छ– तीन दल मिलेर गणन्त्र ल्याएका हुन् । देशलाई समृद्धि बनाउन गणतन्त्र ल्याएका हुन् । गणतन्त्रको रक्षा गर्न नसकेपछि राजतन्त्र फर्काउनुको विकल्प छैन । तीन दलको विवाद र अडानको कारण जनता राजतन्त्र नै ठिक भन्ने पक्षमा देखिएका छन् । मूलुकलाई असफल पार्ने यिनै हुन्, यिनले देशलाई छिन्नभिन्न र अस्तव्यस्त बनाए । अब जनताको बलमा कोर्ष परिवर्तन हुन्छ । अब तीन दलले रोकेर रोकिने अवस्था छैन् । देशमा देखिदै गएको गम्भीर समस्या समाधान गर्न राजतन्त्रको आवश्यकता छ । बेलायतमा ११ बर्षपछि राजतन्त्र फर्किएको थियो । नेपालमा पनि १२ बर्षपछि राजतन्त्र फर्किने सम्भावना छ । कसैले रोक्न सक्ने स्थिति छैन ।
यिनै तीन पार्टीबाट गणतन्त्रपछि योजनाबद्ध रुपमा नारायणहिटीको अधिकार दिल्लीमा पुर्याउने काम भएको छ । प्रधानमन्त्री प्रचण्ड यसैगरी दिल्लीको रिमोट कन्ट्रोलबाट चल्ने हो भने राप्रपा सरकारमा बस्दैन । अहिलेको संविधान संशोधन विधेयकले सबै दल असन्तुष्ट छन् । सत्तारुढ दलबाटै असन्तुष्टि व्यक्त भइरहेको छ । प्रतिपक्ष दल निरन्तरआन्दोलित छ । जनताको भावना विरुद्धमा आएको विधेयकको पक्षमा हामी जान सक्दैनौं । राप्रपा जनताको आकांक्षा र जनादेशमा चल्ने पार्टी हो, जनादेशका साथमा राप्रपा सधैं रहन्छ ।