एमाले सनन्न भयो भन्ने जान्न एमाले नेताहरुको प्रतिक्रिया नै प्रसस्त छ । वामदेव गौतमदेखि माधव नेपालसम्म जबरजस्ती संविधान संशोधन विधेयक पेश गरेको शैली देखेर आक्रोसित छन् ।
योगेश भट्टराई एमालेका सचिव हुन् । उनले त संसदीय व्यवस्था र परम्परालाई धज्जी उडाइयो, खसीको टाउको देखाएर कुकुरको मासु बेचियो भन्ने सम्मको कडा प्रतिक्रिया दिएका छन् । यी प्रतिक्रियाले राजनीति सहजतातिर होइन, भिडन्ततिर गएको अनुमान गर्न सकिन्छ ।
अहिले पनि भट्टराईको फेसबुकमा पढ्न सकिन्छ– संसदमा कुकुरको मासु बेचियो नै, बोकाको टाउकोसम्म पनि देखाइएन, कति निर्लज्जता । कुकुरको मासु बेच्ने लाइनमा कांग्रेस पनि सामेल भयो । जगतले गर्यो कांग्रेसलाई कुरीकुरी ।