यी १५ शासक
जो राष्ट्र बर्बाद पार्न जिम्मेवार छन् । देशघात, जनघातको
जिम्मेवारी लिने कि नलिने ?
नेमकिपा पार्टी सत्तामा गएन, जान चाहेन । जनता, जनजिविका र राष्ट्रका बारेमा आवाज उठाइरहने पार्टी हो त्यो । यद्यपि संसदीय शासक नेमकिपा पनि हो । उसले पनि देशको बर्बादीको जिम्मा लिनुपर्छ । जिम्मेवारीको मात्रा कमबेशी हुनसक्ला, जिम्मेवारीबाट भाग्न सक्दैन । जो संसदमा छिरे, सबै जिम्मेवार छन् ।
बाँकी १४ पार्टी र नेताहरु पटक पटक सत्तामा गए, सत्तामै छन् र सत्तामा जाने तरखर पनि गरिरहेका छन् । ०६३ सालदेखिको १२ वर्षमा देशमा के के भयो, जनताले के के पाए ? यसको मूल्यांकन गर्ने बेला भयो । किनकि संविधान, संविधानको संशोधन र निर्वाचनको मौसम आएको छ र लोकतान्त्रिक गणतन्त्रले नेपाली एकतालाई नराम्ररी खलबल्याइ दिएको छ । एकता भाँडिएको मात्र छैन, अव त नेपाल बिखण्डन र बिभाजनतिर जान थालेको आशंका झन बढेको छ । यी शासकहरुवीचको आरोप प्रत्यारोपले पनि ठूलै राष्ट्रघात, जनघात हुन गइरहेको छ । यिनलाई जनताले खरी घस्नै पर्ने बेला यही हो । किनकि लोकतन्त्रले लोकराज्य बलियो बनाए, राष्ट्र कमजोर बनाइदियो ।
अव आमजनताले हातमा शक्ति हुँदैमा जनशक्तिको हतियारले जनघातीमाथि प्रहार गर्नुपर्छ । पछि पछुताउनुले पश्चातापमात्र हुन्छ । सबैको अवाज एउटै छ– जनता, यिनलाई खरी घस ।