Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनताको लगानी खायो कि पचायो

१८ सोमबार , पौष २०७३८ बर्ष अगाडि

    काठमाडौं–हेटौंडा ५८ किलोमिटर सुरुङ मार्गले फाइदै फाइदा दिन्छ भनेर आमनागरिकले घरखेत, गाईबाख्रा बेचेर लगानी गरे । २७ करोड खर्च भयो, म्याद सकियो, काम सुरु नै भएन । २०१६ डिसेम्बर ३० मा काम सकिनु पर्ने म्याद थियो, २०१७ लाग्यो, नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष कुशकुमार जोशीले आफू र आफन्तलाई जनताको लगानी पाचक बनाएर खाए, पचाए र आफू अलग भए । यो भ्रष्टाचार न सरकारले हेर्‍यो, न अरु कुनै निकायले ?
    नयाा सञ्चालक आएका छन्, प्रवक्ता बनेका भीमार्जुन अधिकारीले सरकारसाग म्याद थप गरिदिन आग्रह पत्र लेखेर राजनीतिक दबाब दिइरहेको खुलासा भएको छ । यो कम्पनी अहिले पनि आफन्तलाई भर्ति गर्ने, सदस्य हेरफेर गरिरहने  काममै व्यस्त छ । जनताको लगानी सुरक्षित गर्ने आधार सरकारले खोजबिन गर्न सकेको छैन ।
    यो कम्पनीले बैंक ग्यारन्टीका लागि राखेको ३ करोड पनि झिकेर खर्च गर्ने मेलो मिलाउन थालको छ । जनताको ३१ करोड ७६ लाख सकिदैछ, लुटको धन फुपुको श्राद्ध हुादैछ, लोकतन्त्र लुटतन्त्रको अर्को
 उदाहरण बनेको छ काठमाडौं– हेटौंडा सुरुङ मार्ग । भ्रष्टाचारबाट तर्सेर ९ करोड लगानीकर्ता एनआरएन भवन भट्ट समेत सञ्चालकबाट हटेका छन् र लालकृष्ण केसी अध्यक्ष बनेको खबर छ । ०६९ मा गठन गरिएको कम्पनीले खाने काम गर्‍यो, ०७३ सालसम्म एक इन्ची खन्ने काम गरेन ।
    कुशकुमार जोशी अध्यक्ष बनेर आफूले लगानी गरेको ३० लाखको दशौंगुणा उठाएर गए । मन्त्री विक्रम पाण्डेको १० लाख, जयराम लामिछाने, प्रदीपजंग पाण्डे र सकुन्तला हिराचनको १०–१० लाख फसेको छ । यी सबे अरवपति हुन् । चिन्ता हेटौडा–थानकोट क्षेत्रका आमनागरिकको हो । जसले आफ्नो पेट काटेर सानो सानो लगानी गरे । गरीवको लगानीको जिम्मा सरकारले लिनुपर्छ र यो आयोजनामा भएको भ्रष्टाचारीमाथि कारवाही हुनुपर्छ भन्छन् आमनागरिक ।
    यो भ्रष्टाचारमा पनि सरकार उदासीन बस्ने होभने जनताको भरोसा उठ्न निश्चित छ ।