तनहुँ, ९ मंसिर । म्याग्दे गाउँपालिका ४ थर्पु बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६ एम्पुल, बुप्रेनोर्फिन ६ एम्पुल र फेनारगन ६ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका ५ साउनेपानी बस्ने २३ वर्षीय अमर राना र शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारा बस्ने ३६ वर्षीय रबिन शेख रहेका छन् ।
प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग २२ प ३२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।


