
हालै सम्पन्न सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा नेपाली वनस्पति घ्यू तथा तेल उद्योगहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भई भारतको गुजरातस्थित काण्डला प्बलमबि बन्दरगाहबाट समेत नेपालका प्रशोधित खाद्य तेल उद्योगहरुका प्रमुख कच्चा पदार्थहरु क्रुड सनफ्लावर आयल र क्रुड सोयाविन आयल आयात गर्न पाउने व्यवस्था भएकोमा यस संघ हार्दिक स्वागत गर्दछ ।
यसअघि वजवज कलकत्ता र हल्दिया बन्दरगाहमा मात्र निर्भर रहनुपर्दा नेपाली उद्योगहरूले ढुवानी खर्च, समय तथा आयात लागतका दृष्टिले विभिन्न कठिनाइ भोग्दै आएको हुँदा उक्त कठिनाई समस्या समाधानका लागी यस संघका अध्यक्ष विकास दुगड लगायतका प्रतिनिधीमण्डलले समय समयमा नेपाल सरकारका सम्वन्धित निकायहरुमा वन्दरगाहसँग सम्वन्धित समस्या समाधानका लागी जोडदार माग गर्दै आएका थिए। यसै सन्दर्भमा काण्डला बन्दरगाहसमेत उपलब्ध हुनुले नेपालका उद्योगहरूलाई थप वैकल्पिक आयात मार्ग प्रदान गर्नुका साथै लागत न्यूनीकरण, आपूर्ति सहजता र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुरयाउने विश्वास यस संघले लिएको छ ।
यस महत्वपूर्ण उपलब्धिका लागि भारतसँगको उच्चस्तरीय वार्तामा नेपाली उद्योगहरूको मागलाई प्राथमिकताका साथ उठाई समाधानको मार्ग प्रशस्त गर्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यूप्रति यस संघ हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गर्दछ । साथै, यस कार्यमा सहयोग पुरयाउनुहुने नेपाल सरकारका सम्बन्धित निकाय, निजी क्षेत्रका प्रतिनिधीज्यूहरु तथा सम्पूर्ण पक्षहरूप्रति समेत धन्यवाद ज्ञापन गर्दछ ।
आगामी दिनहरूमा पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य, समन्वय तथा संवादलाई थप प्रभावकारी बनाउँदै नेपाली उद्योगहरूको विकास, विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि यस्तै सकारात्मक पहलले निरन्तरता पाउने अपेक्षा समेत यस संघले गरेकोछ ।
धन्यवाद ।
विकास दुगड
अध्यक्ष


