
काठमाडौं, ७ मंसिर । सुनसरी, धरान उपमहानगरपालिका ११ गैरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय अनिल तामाङ समेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वे समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका ५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका ५ सिमरबना बस्ने मोरङ सुन्दरहरैंचा नगरपालिका १० त्रिवेणी चोक घर भएका २७ वर्षीय मन्जिल तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका ९ कुखरेनीबाट अवैध लागूऔषध पोलेन करिब ९ सय २० ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १३ बस्ने २१ वर्षीय जोसु तामाङ र सोही उपमहानगरपालिका १४ बस्ने २३ वर्षीय अमन तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, भीमफेदी गाउँपालिका १ टौबास कोलनीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३ किलो २ सय १० ग्राम सहित धादिङ गजुरी गाउँपालिका ८ बस्ने २१ वर्षीय अमिर तामाङ समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बा प्र ०२ ०५७ प ०७६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


