Advertisement Banner
Advertisement Banner

०५ शुक्रबार, मंसिर २०८३15th October 2026, 7:25:53 am

रोल्पाका ४२० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

०५ शुक्रबार , मंसिर २०८३१३ घण्टा अगाडि

रोल्पाका ४२० विद्यार्थीलाई  पोसाक र शैक्षिक सामग्री

रोल्पा, दक्षिण कोरियास्थित उम होङ गिल ह्युमन फाउन्डेसनले बिहीवार रोल्पा त्रिवेणीस्थित जनकल्याण माध्यमिक विद्यालयका ४२० विद्यार्थीलाई जाडोका कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । यो फाउन्डेसनले विद्यालयको पुस्तकालयका लागि पुस्तकहरुसमेत उपलब्ध गराएको छ। कार्यक्रममा ७०० भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा नेपाल र दक्षिण कोरियाका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष लेखमणि डाँगीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दक्षिण कोरियाको डेगु मेट्रोपोलिटन कार्यालयका पूर्व शिक्षा गभर्नर तथा क्याथोलिक विश्वविद्यालयका पूर्व अध्यक्ष उ डोङ गीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर घर्तीले गरेका थिए। कार्यक्रममा बोल्दै पूर्व शिक्षा गभर्नर उ डोङ गीले विद्यालय निर्माणदेखि हालसम्म संस्थाले गर्दै आएको सहयोगबारे चर्चा गर्दै विद्यालयको दिनानुदिन प्रगति देख्दा खुसी लागेको बताउँदै विद्यालयको उज्ज्वल भविष्यको कामना गरेका थिए। 
फाउन्डेसनका कार्यकारी निर्देशक क्याप्टेन उम होङ गिलले विद्यार्थीहरूलाई मेहनत र लगनशीलताका साथ आफ्नो लक्ष्य प्राप्त गर्न प्रेरित गर्दै साथ र सहयोग जारी रहने आश्वासन दिएका थिए ।
विद्यार्थी प्रतिनिधि प्रोमिस घर्ती मगरले फाउन्डेसन र उ डोङ गीलप्रति हार्दिक धन्यवाद दिएका थिए ।
स्मरणीय छ, डेगु मेट्रोपोलिटन शिक्षा कार्यालयले सन् २०१६ देखि यो विद्यालय निर्माणका साथै विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ।
फाउन्डेसन सन् २००८ मा दक्षिण कोरियामा स्थापना भएको गैरनाफामूलक संस्था हो । यो उम होङ गिल ह्युमन फाउन्डेसनले सन् २००९ देखि नेपालका विभिन्न क्षेत्रका १९ विद्यालयलाई शैक्षिक सहयोग गर्दै आएको छ।