
काठमाडौं, २ मंसिर । राजश्व चुहावट मुद्दाका फरार प्रतिवादी रौतहट गरूडा नगरपालिका १ बस्ने ३३ वर्षीय गुलसन श्रीवास्तवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०८१ वैशाख २४ गतेको फैसलाले उक्त मुद्दामा ५३ करोड ८१ लाख ८३ हजार ८१ रूपैयाँ जरिवाना र २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पर्सा वीरगंज महानगरपालिका १६ नगुवाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।


