अवैध लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं, १७ कात्तिक । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका(५ थली मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम र नगद २८ हजार ९ सय ७५ रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ५ डाँछी बस्ने २६ वर्षीय सुनिल ब्रमाशाखा र भक्तपुर चाँगुनारायण नगरपालिका ४ बस्ने २० वर्षीय सबिन श्रेष्ठ रहेका छन् । प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले बा ३२ प ७२०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका ६ बाट अवैध लागूऔषध खैरो हेरोइन ८० ग्राम र डिजिटल तराजु १ थान सहित भारत मधुवनी मधुवापुर थाना ३ घर भएका ३५ वर्षीय मोहम्मद सन्तोष नदापलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ३ एरिचोक बस्ने २८ वर्षीय बिबेक सापकोटालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चाँदी जस्तो देखिने विभिन्न सामानहरू सहित दुई जना पक्राउ
पर्सा, १७ कात्तिक । वीरगंज महानगरपालिका २५ सिर्सियाबाट ३ सय २३ ग्राम १ सय ३० मिलिग्राम तौलको चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न सामानहरू सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका १६ नगवा बस्ने ३६ वर्षीय राम प्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी रहेका छन् ।
इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरीले बीआर ०५ बिके ४४१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त सामानहरू सहित फेला पारी पक्राउ गरेको हो ।


