
रतन बहादुर रावल मुगु—----
रोजगारीका लागि विदेशिएर राम्रो कमाइ गर्ने र आफ्नो परिवारलाई सुखसाथ पाल्ने सपना बोक्नेहरू धेरै हुन्छन्। तर एकजना व्यक्ति यस्तो हुनुहुन्छ मुगु छायाँनाथ–रारा नगरपालिका–१३ थार्प गाउँ म जन्मिनु भएका पूर्व सशस्त्र प्रहरी बलका हवल्दार एवं धावक एथलेटिक्स खेलाडी ४६ वर्षीय अक्कल बोहोरा भने समाज रूपान्तरणको एउटा फरक र अनुकरणीय उदाहरण बनेका छन्। हाल स्पेनको कोस्टा ब्लङ्कामा बस्दै आएका बोहोरा ले विदेशमा रगतपसिना बगाएर कमाएको रकम आफ्नै गाउँ–समाजको विकासमा निरन्तर खर्च गरिरहेका छन्। करिब चार वर्षबाट निरन्तर। कर्णाली प्रदेशकै प्रसिद्ध देवताको रूपमा हेरिएको थार्प मस्टा देखि माली कि माईसम्म जाने बाटो। झन्डै ३५०० ढुङ्गाका सिढीले बनेको यो बाटो र कर्णाली प्रदेशकै सबैभन्दा लामो ढुङ्गाले बनेको बाटो। बनाउनुभएको छ पर्यटकीय पदमार्गसँगै। माली कि माईसम्मको त्यो डाँडाबाट स्वर्गकी अप्सरा मुगुको राराताल नियाल्ने अवसर पनि मिल्ने उहाँले बताउनुभयो पहिलेका वर्षहरूमा थर्प मस्टाको मन्दिर माथिबाट काम हुँदै आएको थियो। तर आज सोही मन्दिरबाटै फेरि काम सुचारु भएको छ। अक्कलबहादुर बोहराका बाबाले बाटोको सशलान्यास सहित उद्घाटन गर्नुभएको छ। करिब यो बाटो मालेकी माईसम्म पुग्न एक करोड हाराहारीको बजेट लाग्ने भएको छ। अहिलेसम्म खर्च भएर बनेको बाटो ५५ लाख पुगेको स्थानीय बासी महिलाल बोहराले जानकारी गराउनुभयो– यति मात्र हैन ‘अक्कल कोपिला फाउन्डेसन’मार्फत असहाय, विपन्न, दैवीप्रकोप पीडित परिवार र आर्थिक अभावका कारण उपचार गर्न नपाएका बिरामीहरूलाई निरन्तर सहयोग गर्दै आएका छन्। नगरपालिकाभित्रका थार्प, रुगा, बाम, सोवा, चराप, कार्कीबाडा र रञ्जनबालै लगायतका गाउँहरूमा उनले आफ्नै व्यक्तिगत खर्चमा पदमार्ग, खेलमैदान, प्रवेशद्वार, सार्वजनिक खानेपानी धारा, आरसीसी बाटो र विद्यालय सहयोगका थुप्रै कामहरू सम्पन्न गरिसकेका छन्।
शिक्षा, खेलकुद र भौतिक पूर्वाधारमा ठुलो लगानी
फाउन्डेसनका संस्थापक अक्कल बोहोराका अनुसार छायाँनाथ रारा नगरपालिका–१३ को रुगा गाउँमा १५ लाख रुपैयाँभन्दा बढीको लागतमा आरसीसी बाटो निर्माण गरिएको छ। त्यस्तै, वडा नम्बर १२ को सोवा गाउँस्थित विद्यालयमा ४५ लाखभन्दा बढीको लागतमा खेलमैदान निर्माण गरिएको छ। सरकारी तथा गैरसरकारी निकाय धाउँदा पनि सुनुवाइ नभएको ठाउँमा खेलमैदान बनेपछि स्थानीय युवाहरू निकै उत्साहित छन्। ूहामीले विद्यालयमा खेलमैदान बन्ने कल्पनासम्म गरेका थिएनौँ, अक्कल बोहोरा हाम्रो आवश्यकता पूरा गरिदिनुभयो,ू स्थानीय युवा परेको बडुवालले खुसी व्यक्त गरे।
यसैगरी वडा नम्बर ५ कार्कीबाडा र वडा नम्बर ६ रञ्जनबालैमा ५–७लाख रुपैयाँको लागतमा धर्मशाला निर्माण गरिएको छ। वडा नम्बर १० मा ५ लाखभन्दा बढीको लागतमा मसानघाट र दुईवटा सार्वजनिक खानेपानी धारा निर्माण हुनुका साथै १५ लाख रुपैयाँभन्दा बढीको खर्चमा वडा प्रवेशद्वार निर्माण गरिएको वडा अध्यक्ष हस्त बुढा ले जानकारी दिए। यता वडा नम्बर १४ बाम गाउँमा ७ लाखभन्दा बढीको लागतमा प्रवेशद्वार निर्माण हुनुका साथै त्यहाँको माध्यमिक विद्यालयका एक जना शिक्षकको मासिक तलबसमेत बोहोराले नै ब्यहोर्दै आएका छन्। मुगु जिल्ला भरिका शिक्षा क्षेत्रलाई उहाँले पहिलो प्राथमिकतामा राखेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आइरहेका छन्।
उनको यो कार्यले गाउँमा पूर्वाधार मात्र थपेको छैन, स्थानीयलाई रोजगारीको अवसरसमेत दिएको छ। थार्प गाउँका हस्त बोहरा भन्छन्, ूअक्कल ले विकासका काम मात्र गर्नुभएको छैन, ती योजनामा काम गर्ने स्थानीयलाई सरकारी दररेटअनुसार दैनिक ज्याला पनि दिनुभएको छ। त्यसैले गाउँलेहरूलाई काम खोज्न अन्यत्र जानु परेको छैन।ू पूर्वाधार निर्माणका साथै उनले गरिब विद्यार्थीहरूलाई न्यानो कपडा, स्टेसनरी र खेलकुद सामग्रीसमेत वितरण गर्दै आएका छन्।
स्थानीय सरकार र राजनीतिक दललाई चुनौती
सीमित बजेटका कारण स्थानीय सरकारलाई आफ्ना योजनाहरू सम्पन्न गर्न धौ–धौ परिरहेका बेला बोहोराले विदेशको पसिना गाउँमा बगाएर उत्कृष्ट उदाहरण प्रस्तुत गरेको वडाध्यक्ष वीरबहादुर खड्का बताउँछन्।


