काठमाडौं, १५ कात्तिक । काठमाडौं महानगरपालिका १० पुरानो बानेश्वरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३० ट्याब्लेट, नोर्फिन १३ एम्पुल, फेनारगन १९ एम्पुल र डाईजेपाम २७ एम्पुल सहित काठमाडौं गौरीघाट बस्ने दोलखा घर भएका १९ वर्षीय शैलेश नेपालीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका ३ उत्तर भकारी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय मंगल थारू र २५ वर्षीय निराजन थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु प्र ०३(००१ प ८८० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
कञ्चनपुर, भीमदत्त नगरपालिका ११ गड्डाचौकी भाईरल रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका ५ बस्ने २४ वर्षीया प्रियका सुनार र २१ वर्षीय प्रबिण सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमी नगरपालिका २ दिव्यश्वरी प्लानिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५४ ग्राम ९ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनहरा बस्ने कपिलवस्तु बाणगंगा नगरपालिका ९ घर भएका ३८ वर्षीय बसन्त बहादुर खत्री र काठमाडौं कागेश्वरी मनहरा बस्ने दोलखा मेलुङ गाउँपालिका ३ घर भएका २८ वर्षीय प्रदिप केसी रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका ८ शान्ती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७८ ग्राम ९ सय मिलिग्राम र नगद २ लाख ७ सय ७५ रूपैयाँ सहित सोही उपमहानगरपालिका(९ बस्ने ३१ वर्षीय गोबिन्द खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका ८ कोठिया गाउँ बस्ने २५ वर्षीय दिपेश सिंह थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले दिपेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, गौरीगंज गाउँपालिका २ आँपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय बिजय राजवंशी र शिवसताक्षी नगरपालिका ६ बस्ने ३० वर्षीय ओम नारायण राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका ११ भेडाबारी बस्ने ३४ वर्षीय सन्दिप श्रेष्ठ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ८० मिलिग्राम र नगद ४२ हजार ५ सय ५ रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहर समेतबाट खटिएको प्रहरीले सन्दिपको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका ७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३९ मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय किरण रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


