Advertisement Banner
Advertisement Banner

१७ सोमबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

पद्मावती-सुनन्दा साङ्गीतिक साँझु सम्पन्न

१६ आइतबार , कार्तिक २०८३१० घण्टा अगाडि

पद्मावती-सुनन्दा साङ्गीतिक साँझु सम्पन्न

२०८३ कात्तिक १५, काठमाडौं ।---
साहित्यिक पत्रकार संघले हिजो राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा ुपद्मावती(सुनन्दा साङ्गीतिक साँझु कार्यक्रमको आयोजना गर्र्यो । वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथि खरेलले कार्यक्रमको उद्घाटन गर्नु भएको सो कार्यक्रममा कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश तथा स्वागत मन्तव्य अध्यक्ष लेकालीले राख्नु भएको थियो । उहाँले दुबै गायिका पद्मावती सिंह र सुनन्दा माथेमाको योदानको चर्चा पनि गर्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ आख्यानकार, गीतकार एवं गायिका पद्मावती सिंह र गायिका सुनन्दा माथेमाका म्युजिक भिडियोहरु प्रस्तुत गरिएको थियो । गायिका सिंहका म्युजिक भिडियोहरु क्रमशः ुम मौन रहिरहें, चूपचाप निस्तब्ध रात, 
रंगिन साँझको याम र कल्पन्छ संधैु प्रस्तुत गरिएको थियो ।

यसैगरी गायिका सिंहले ुसाँझको याम थियो र धेरै दिन पछिु प्रत्यक्ष गाउनु भएको थियो ।

यसैगरी माथेमाका म्युजिक भिडियोहरु क्रमशः ुयो मनको फूल फुलेन, तिमी बाहेक यो मनले कोही खोज्दैन, मेरो विहान फुल्यो तिम्रो हेराईमा र बाँला मयजु ९नेपाल भाषाको ० प्रस्तुत गरिएको थियो ।

यसैगरी गायिका सिंहले ुसाउने झरी र समा यायेत ९नेवारी० प्रत्यक्ष गाउनु भएको थियो ।

दुबै गायिकाको सुमधुर प्रस्तुतिले साङ्गीतिक साँझलाई सुमधुर, उल्लासमय र अविस्मरणीय बनाएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले यादव खरेलले नेपाली गीत सङ्गीतको चर्चा गर्दै दुबै गायिकामा बंस प्रभाव परेको बताउनु भयो । दुबैका हजुरबुबा र पिता पनि सङ्गीतमा योगदान गर्नु भएको र अहिले छोरी र नातिनीले पनि सङ्गीतलाई अंगालेको बताउनु भयो । उहाँले प्रस्तुत म्युजिक भिडियो र गीतले आफूलाई मन परेको बताउनु भयो ।

उक्त कार्यक्रमका विशिष्ट अतिथिहरु विशिष्ट संगीतकार, गायक, कलाकार एवं पूर्व उपकुलपति सङ्गीत रत्न शम्भूजित बास्कोटा र वरिष्ठ साहित्यकार उषा शेरचनले शुभकामना मन्तव्य राख्दै प्रस्तुत म्युजिक भिडियोहरु र गीतहरु उत्कृष्ट र आकर्षक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा संघद्वारा गायिका पद्मावती सिंह र गायिका सुनन्दा माथेमालाई माला र कदरपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि यादव खरेल, विशिष्ट अतिथिहरु उषा शेरचन, शम्भूजीत बासतोला, प्राज्ञ उन्नती बोहरा शीला, जलेश्वरी श्रेष्ठ, सरला श्रेष्ठ र सङ्गीतकारहरु राजु सिंह, मनराजा नकर्मी, हरि सायमि, कलाकारहरु हरिश कल्पित र अनु श्रेष्ठ, भिडियो निर्माता कृष्णदेव रुपाखेती तथा साहित्यकार मन्जिला अनिल तथा दक्षता भण्डारी र दिव्यता भण्डारीलाई ुमायाको चिनोु प्रदान गरिएको थियो ।

प्रतिकूल मौसम रहे पनि कार्यक्रममा साहित्यकार र सङ्गीतकार लगायतको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, प्राडा। ज्ञानु पाण्डे, प्राडा। गोविन्दमान सिंह कार्की, साहित्यकारहरु भागीरथी श्रेष्ठ, शीला पन्त, मथुरा श्रेष्ठ, सावित्री श्रेष्ठ, विजयध्वज थापा, गीता कार्की, लक्ष्मी उप्रेती, रमेश दहाल, शान्ति रिसाल, कमला रिसाल, वीणा सिंह, इन्दिरा ढकाल, निरा श्रेष्ठ, एन्जेल निलु, डिसु माथेमालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण साहित्यकार मन्जिला अनिलले गर्नु भएको थियो ।