Advertisement Banner
Advertisement Banner

१२ बुधबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

रातदिन प्रहरी सकृयता

१२ बुधबार , कार्तिक २०८३७ घण्टा अगाडि

रातदिन प्रहरी सकृयता

अवैध लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं, १० कात्तिक । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ पिपलबोटबाट अवैध लागूऔषध गाँजा ४२ किलो ४ सय १० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बैसाली महुवा टोल बस्ने २५ वर्षीय बिर्जु  कुमार राय र २६ वर्षीय मन्जय कुमार राय रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको बिआर १ एपि ६०७३ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा १९ वटा पोका रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक बिर्जु कुमार र गाडीमा सवार मन्जय कुमारलाई पक्राउ गरेको हो । 
     बाँके, बैजनाथ गाउँपालिका ५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दुखराम थारूलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    धनुषा, शहिदनगर नगरपालिका १ भगबन टोल बस्ने ४० वर्षीया प्रमिला देवी मण्डललाई अवैध लागूऔषध गाँजा करिब २ किलो ४ सय ७० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्रमिलाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
सुर्खेत, १० कात्तिक ।     गुर्भाकोट नगरपालिका ८ सुन्दरनगर बस्ने ६२ वर्षीय मान बहादुर राजीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय मैते भन्ने टेक बहादुर विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
टेक बहादुरले चिर्पट प्रहार गर्दा मान बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहेलकुनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका मान बहादुरको कोहलपुर मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौं, १० कात्तिक । काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका ४ डाँछी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ गागलफेदी बस्ने ललितपुर गोदावरी घर भएका २१ वर्षीय उमेश मगर र सोही नगरपालिका ४ थली हेमपाइप बस्ने धनकुटा घर भएका २७ वर्षीय मिलन मिश्र रहेका छन् । प्रहरी प्रभाग थलिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  
    यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरिया बाहिरबाट अवैध लागूऔषध गाँजा करिब १४ किलोग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत गुजरात बस्ने ४६ वर्षीया SHAIKH SHABANABANU YAR MAHAMMAD र ३५ वर्षीया ANSARI SARIFA ABBAS रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले मलेशियन बाटिक एयरद्वारा काठमाडौं आएका उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  
    सिराहा, धनगढीमाई नगरपालिका १० डगर टोलबाट अवैध लागूऔषध गाँजा ६ किलो २ सय ७० ग्राम सहित बिष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर बस्ने ४१ वर्षीय शिव शंकर साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले म।प्र। ०३ ०३२ प ७५२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
    यसैगरी सिराहा, धनगढीमाई नगरपालिका १४ बिहिबारे टोल बस्ने ५६ वर्षीय झनक बहादुर ठकुरीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु १६ किलोग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले झनकको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  
    कञ्चनपुर, भीमदत्त नगरपालिका ४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका १० बस्ने २४ वर्षीय आषिस लुहारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले म।१ ह ५५६ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक आषिसलाई पक्राउ गरेको हो । 
    सुनसरी, इनरूवा नगरपालिका ४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने  पदार्थ ४ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका ५ बस्ने २६ वर्षीय बिशाल अछामी र ३८ वर्षीय बिरू लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    नवलपरासी पूर्व, कावासोती नगरपालिका १५ गैरीटोलबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ३८ ग्राम सहित सोही ठाउँ बस्ने ४८ वर्षीय बुद्धिराम गुरौलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं, १० कात्तिक । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका १० बस्ने झापा मेचीनगर नगरपालिका ६ घर भएका ४४ वर्षीय संजय सुवेदी र चितवन राप्ती नगरपालिका १ घर भएका ३४ वर्षीया मधु मालती स्याङताङ रहेका छन् । 
पक्राउ मध्ये संजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ र मधुमालतीले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका १४ बाट पक्राउ गरेको हो । 
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।