गत कार्तिक ४ गते सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरी बाट विभिन्न प्रकारका लागु औषध सहितको मोटरसाइकल सहित लागू औषध बरामद ग¥यो । लागू औषध सहितको मोटरसाइकल बरामद पछि अहिले सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउन अनेक प्रयास भएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मिति कार्तिक ४ गते अन्दाजी १४ः३० बजेको समयमा सुनसरी जिल्ला भोक्राह नरसिंह गाउँपालिका– ४ स्थित नहर चोक देखी अन्दाजी ५० मिटर उत्तर पूर्व तर्फ प्र.१ ०२–०४७ प १४७२ नं. को मोटरसाइकल पछ्याउने क्रममा पार्क गरी राखिएको अवस्थामा भेटिएको थियो । चालक फेला नपरे पश्चात् मोटरसाइकल लाई १५÷२० मिटर दक्षिणतर्फ पूर्व पश्चिम राजमार्गतर्फ निकालेर संयुक्त टोलीले चेकजाँच गरेको थियो । त्यस पश्चात् एकासी ५०÷५५ जना स्थानीय व्यक्तिहरू भेला जम्मा भई ड्युटीलाई बाधा पार्दै लागू औषध लुटपाट र खोजी दसी प्रमाण नष्ट गर्ने प्रयास गरेका थिए ।
सोही क्रममा सुरक्षाकर्मीको मिलेमतोमा फसाएको भन्ने जस्तो अफवाह फैलाउन सुरु गरेका हुन् । उक्त लागू औषध लुटपाट गर्ने र दसी प्रमाण नष्ट गर्न खोज्दा भुईँमा खसेको कालो प्लास्टिकको लागू पदार्थ सुरक्षाकर्मीले टिपेर मोटरसाइकलको सोही स्थानमा राखेका थिए । सोही भिडियोलाई गलत व्याख्या गर्दै सामाजिक सञ्जालमा भ्रम सृजना गर्ने कार्य भएको हो । चेकजाँचका क्रममा प्रतिबन्धित लागु औषध नाइट्राभेट ट्याब्लेट १० पत्ता, ट्रामाडोल १६ पत्ता र अन्य लागूपदार्थ ४ थान फेला परेको थियो । उक्त मोटरसाइकल र लागू औषध नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको थियो ।
जिल्लामा पछिल्लो समय लागू औषध तथा तस्करी नियन्त्रणमा सुरक्षाकर्मीहरू निर्मम ढङ्गले परिचालित हुँदा उनीहरूको मनोबल गिराउन एवं आम जनमानसमा भ्रम पैदा गर्न घटनालाई लिएर अतिरञ्जित प्रचारप्रसार समेत भएको पाइएको छ ।
डिएसपी शैलेन्द्र थापा
सह प्रवक्ता


