Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीनले चमच्कारिक कूटनीतिक दाउपेच खेलेको छ

०४ सोमबार , पौष २०७३८ बर्ष अगाडि

चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिपाओलाई चीनले नेपाल भ्रमणमा पठायो र नेपाल उत्रनासाथ चिनियाँ दूत लिउ सिधै राष्ट्रपति विद्या भण्डारीलाई भेट्न पुगे । कार्यकारी प्रधानमन्त्रीलाई बाइपास गरेर चीनका दूत राष्ट्रपतिलाई भेट्न जानु निकै अर्थपूर्ण भएको विश्लेषण भइरहेको छ । के चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्दैछन् ? कि चीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारतपरस्ततालाई जबरजस्त जोल्ट दिन चाहन्छ ?
    यो घटनाले दाहाल सरकारको दिमाग चकराउनु स्वभाविक हो भने भारत र अमेरिकासमेत कारण खोज्नतिर लागेका छन् । यद्यपि दुईदेशको मित्रताका बारेमा कुरा भएको, चिनियाँ दक्षिण दक्षिणनीति र वान बेल्ट वान रोडबाट लाभ लिन आग्रह गरिएको खबर सार्वजनिक भएको छ तर कूटनीतिभित्रको कूटनीतिक रणनीति अनेकार्थी भएको अनुमान गरिदैछ ।
    चीनले नेपालका प्रधानमन्त्रीलाई नपत्याएको पक्कै हो । चीन भारतलाई पनि धक्का दिन खोजिरहेको छ भने नेपालको शासन सत्तालाई झकझक्याउन खोजिरहेको भान भइरहेको छ । जेहोस्, चीनले चमच्कारिक रुपमा आफ्नो कूटनीतिक दाउपेच खेलेको छ । यो खेलमा माओवादी पार्टी हेरेको हेर्‍यै हुनपुगेको देखिन्छ ।