
नेपालका लागि बंगलादेशी राजदूत मोहम्मद शफिकुर रहमान दूर्गापूजामा सहभागी भएका छन् । बंगलादेशका राजदूतद्वारा गोरखाको मनकामना र काली मन्दिरको भ्रमण गरेर दशैंको शुभकामना आदानप्रदान गर्नु सद्भावको नमूना भएको छ । महामहिम राजदूतले काठमाडौंमा दूर्गापूजामा पनि सहभागी भएर नेपालको सांस्कृतिक र धार्मिक सम्पदाबारे जानकारी लिए, सौहाद्रता देखाए, धार्मिक सद्भाव, सहअस्तित्व, एकता र आपसी भाइचाराको भावना सन्देश दिए, दशैंका उत्सवमा सहभागी हुनु आफ्ना लागि सुखद र ज्ञानवद्र्धक भएको अनुभव पनि सुनाए । धन्यवाद महामहिम राजदूतज्यू ।


