Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

बालेनको विकल्प खोज्नु हुँदैन, पाँच वर्ष सरकार चलाउन दिनुपर्छ

०७ शुक्रबार , कार्तिक २०८३८ घण्टा अगाडि

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले प्रधानमन्त्री बालेन शाहको विकल्प खोज्न नहुने बताएका छन्। उनले प्रधानमन्त्री बालेनलाई पाँच वर्ष सरकार चलाउन दिनुपर्ने धारणा राखेका छन्।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बिहीबार बोल्दै धमलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनबीच वार्ता हुनुपर्नेमा जोड दिए। उनले सरकारलाई भ्रष्टाचारीमाथि कारबाही गर्न र सुशासन कायम गर्नसमेत आग्रह गरे।

उनले दशैँको मुखमा आफू रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा पुग्दा पीडितहरूले सरकारले घोषणा गरेको राहत प्याकेज नपाएको गुनासो गरेको पनि स्मरण गरे।
पीडितको गुनासोपछि प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलाई आफूले समस्या जानकारी गराएको र त्यसपछि सरकारी टोली तत्काल प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेको धमलाले बताए।