Advertisement Banner
Advertisement Banner

०३ सोमबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

गाँजा र लागूऔषधको बिगबिगीमा रोकथाम

०३ सोमबार , कार्तिक २०८३११ घण्टा अगाडि

गाँजा र लागूऔषधको बिगबिगीमा रोकथाम

करिब ९ सय १५  किलो गाँजा सहित ४ जना पक्राउ
सुनसरी, १ कात्तिक । इनरूवा नगरपालिका ४ ज्ञानोदय टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ सय १५ किलो ६ सय ८० ग्रामसहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहवी नगरपालिका १० बस्ने २२ वर्षीय कुन्दन यादव रहेका छन् । 
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  साथै प्रहरीले उक्त स्थानबाट प्र १ ०२ ००१ प ९१९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको   छ । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
काठमाडौं, १ कात्तिक । बारा, गढीमाई नगरपालिका ९ बाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चरमोहनाबाट खटिएको प्रहरीले भे ३ प ३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
    मकवानपुर, हेटौंडा उपमहानगरपालिका १० भुटनदेवीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट, डिजिटल तारजु १ थान र नगद ९१ हजार ४ सय ५ रूपैयाँ सहित सोही उपमहानगरपालिका ११ डाङडुङे बस्ने २७ वर्षीय उज्वल चौलागाईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बा प्र ०३ ००१ प ३१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका ४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र भोमिन ८० ट्याब्लेट सहित सोही उपमहानगरपालिका ११ थानाभर्‍याङ बस्ने २७ वर्षीय प्रवेश बानिया समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उक्त स्थानबाट बा प्र ०३ ००५प ६९११ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  
मोरङ, पथरीशनिश्चरे नगरपालिका ५ त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ९० ट्याब्लेट र नाइट्राजेपाम ४८ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ५ बस्ने २२ वर्षीय दुर्गा ऋषिदेव र सुनसरी धरान उपमहानगरपालिका ६ पानमारा बस्ने २७ वर्षीय पुरन मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले भैराहाबाट सुगातर्फ आउँदै गरेको को। २० प ४७२३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कञ्चनपुर, भीमदत्त नगरपालिका ४ चम्मचोकस्थित न्यू तहल्का होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित बेदकोट नगरपालिका(७ बस्ने ३४ वर्षीय मनोज राज भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।