Advertisement Banner
Advertisement Banner

२९ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

२८ बुधबार , आश्विन २०८३१३ घण्टा अगाडि

काठमाडौं, २८ असोज । काठमाडौं, तारकेश्वर नगरपालिका(४ बाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय ग्राम सहित पर्सा वीरगंज महानगरपालिका ३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    बर्दिया, गुलरिया नगरपालिका १ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ बस्ने ३४ वर्षीय चन्द्र बहादुर कामी र ठाकुरबाबा नगरपालिका १ बस्ने २६ वर्षीय बिजय चौधरी रहेका छन् । प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा प्र ०१ ००५ प १३७८ र भे।१२ प ४६९७ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । 
    कैलाली, धनगढी उपमहानगरपालिका(२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका ५ बस्ने २२ वर्षीय पंकज बाल्मिकीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    कञ्चनपुर, भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित बाजुरा खप्तड छेडेदह गाउँपालिका ७ घर भएका १९ वर्षीय रोहित नेपाली समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।