Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

त्रिवेणी कार्यक्रम; साहित्य सुधा, ज्येष्ठनागरिक सम्मान

२७ मंगलबार , आश्विन २०८३४ घण्टा अगाडि

त्रिवेणी कार्यक्रम; साहित्य सुधा, ज्येष्ठनागरिक सम्मान

त्रिवेणी कार्यक्रम; साहित्य सुधा, ज्येष्ठनागरिक सम्मान एवम् नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम बोचपोखरामा सम्पन्न घोराही, दाङ/असोज २५ त्रिवेणी कार्यक्रम (साहित्य सुधा, ज्येष्ठनागरिक सम्मान एवम् नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम) आज बंगलाचुली गा.पा.-१ बोचपोखरामा सम्पन्न भएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङ र पार्वता स्मृति साहित्य प्रतिष्ठान नेपालको आयोजना एवम् पार्वता मेडिकल दाङको प्राविधिक एवम् आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिनुहुँदै वरिष्ठ साहित्यकार एवम् ने.सं.वि.राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक डा. टिकाराम उदासीले कार्यक्रम अत्यन्त सुन्दर एवम् सराहनीय भएको र अन्य साहित्यिक संस्थाहरूले पनि यस्ता प्रकृतिको कार्यक्रमहरू आयोजना गर्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथिद्वय राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ साहित्यकार कमलमणि देवकोटा र प्र.ले.स. दाङका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार चन्द्रबहादुर थापाले शुभकामना मन्तव्यसहित आफ्नो साहित्यिक सिर्जना वाचन गर्नुभएको थियोे । 

त्यस्तै राप्ती साहित्य परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक शर्मा समीर, परिषदका दाङ जिल्ला अध्यक्ष यम रेग्मी, प्र.ले.स. सचिव पुरन शर्मा, कोषाध्यक्ष दामोदर पौडेल, पत्रकार पदम प्रसाद पोख्रेल, साहित्यकारहरू देवेन्द्र कुमार रिजाल, मनिराम खनाल (सिर्जना डबली), डा.खेमराज मल्ल, मेघराज भट्टराई, वाङ्मयका कोषाध्यक्ष कपिलकिशोर घिमिरे, सहसचिव रिमा गौतम, सदस्य विना रोका, साहित्यकार अनुजा घिमिरे, महेन्द्र मा.वि.का शिक्षक हेमराज पाण्डेले शुभकामना मन्तव्य सहित साहित्यिक रचनावाचन गर्नुभएको थियोे । त्यस्तै महेन्द्र मा.वि. को कक्षा १० मा अध्ययनरत छात्राद्वय विपशा घर्तीमगर र परी बाठामगर, कक्षा ७ मा अध्ययनरत छात्राद्वय निशा पाण्डे, विनिशा घर्तीमगर र कक्षा ५ मा अध्ययनरत छात्रा पुजा सुनारले गीत, कविता वाचन गरेका थिए । कार्यक्रममा डा. पंकज नेपाली र बंगलाचुली गा.पा. वडा नं. १ की सदस्य पद्मा परियारले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा पार्वता मेडिकलका संचालक शिवराज पाण्डे, हे.अ. द्वय महेन्द्र पाण्डे र अनिल बाँठा मगर, MR सुवर्ण योगी, खुमराज न्यौपाने, मनिषा पाण्डे, तेजु पाण्डे लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, सेवाग्राही, वृद्ध आमाबुबाहरूको उपस्थिति रहेको थियोे । लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङका अध्यक्ष एवम् पार्वता स्मृति साहित्य प्रतिष्ठानका संरक्षक सुरेशकुमार पाण्डेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा शिवराज पाण्डेले स्वागत मन्तव्य दिनुभएको थियोे भने कार्यक्रमको सञ्चालन लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङका सचिव एवम् झिल्का कविता प्रवर्तक वसन्त अनुभवले गर्नुभएको थियोे । 

डेढ दर्जन ज्येष्ठनागरिक सम्मानित उक्त कार्यक्रममा ७५ वर्ष वा सोभन्दा माथि उमेरका करिब डेढ दर्जन वृद्ध ज्येष्ठनागरिक आमाबुबाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै ज्येष्ठनागरिकहरूलाई च्यवनप्राश र सुरेशकुमार पाण्डेकृत लघुकथाकृति 'जेईको संझना' र झिल्का काव्यकृति 'आँगन' प्रदान गरिएको थियो । स्वास्थ्य शिविरमा सयौँ बिरामी वा सेवाग्राही लाभान्वित महेन्द्र माध्यमिक विद्यालय, बोचपोखरामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १ सय ६ जना बिरामीहरूको नि:शुल्क स्वास्थ्य चेकजाँचका साथै नि:शुल्क रूपमा औषधी वितरण पनि गरिएको थियोे । डा. पंकज नेपालीको मेडिकल टिमले शिविरमा स्वास्थ्य परिक्षण गरेको थियो ।