Advertisement Banner
Advertisement Banner

२० मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

२ पल्ट राष्ट्रपति, अब पार्टी राजनीतिमा !!

२० मंगलबार , आश्विन २०८३एक घण्टा अगाडि

२ पल्ट राष्ट्रपति, अब पार्टी राजनीतिमा !!

दुईपल्ट देशको राष्ट्रपति बनिसकेकी विद्या भण्डारी अब एमालेको बरिष्ठ नेता स्वीकार गर्न पुगेकी छिन् । राजनीति किन यतिबिघ्न नैतिकहीन र निकृष्ठ बन्न पुगेको होला ? किन कोही राजनेता बन्न सकेनन्, यो कुरूप दृष्टान्त बन्न पुगेको छ । 
अध्यक्ष ओलीलाई विदा गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको वर्षदिनको बहसलाई छिमोल्दै अध्यक्ष ओलीले परिवर्तन चाहनेहरूलाई थचार्दै विद्या भण्डारीलाई पार्टीको बरिष्ठ नेता चयन गराएका हुन् । पार्टी सचिव हिक्मत कार्कीले भण्डारीको राजनीतिक तथा साङ्गठनिक अनुभवले पार्टीलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन् । एमालेमा नयाँ पुस्ताले नेतृत्व गर्ने सपना चुहिन पुगेको छ । अध्यक्ष ओलीको राजनीतिका सामु युवा पुस्ताले घुँडा टेकेको अर्थमा विश्लेषण भइरहेको छ ।